हुमाकान्त पाेखरेल, गुल्मी
०५ असार । काेराेना नियन्त्रणका लागि हेफर इन्टरनेशनल नेपालले गुल्मीकाे मुसिकाेट नगरपालिकालाई १५ लाख रकम सहयाेग गरेकाे छ । शनिबार नगरपालिकामै एक कार्यक्रमकाे आयाेजना गरि हेफरकाे तर्फबाट जनविकास केन्द्रका अध्यक्ष देविराम अर्याल र एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा एसीले नगरप्रमुख साेमनाथ सापकाेटा र उपप्रमुख कमला शर्मालाई उक्त रकमकाे चेक हस्तान्तरण गरेका हुन् । बढ्दै गइरहेकाे काराेना भाइरसकाे नियन्त्रणमा नगरपालिकालाई सहयाेग पुर्याउने उदेश्यले सहयाेग गरेकाे अर्यालले बताए ।
हेफर परियाेजना लागू भएका क्षेत्र र लाभान्वित घरधुरी संङ्ख्याका अाधारमा सहयाेग रकम प्रदान गरिएकाे हाे । हेफरकाे समन्वय गरिरहेकाे एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष एसीले गुल्मीका छ वटा पालिकाहरूलाई कुल ८० लाख रकम सहयाेग गरेकाे बताए । उनले सहयाेग गरेकाे रकम अस्पताल निर्माण वा साे सरहकाे काम, अक्सिजन, एक्सरे मेसिन, सिलिन्डर वा भेन्टिलेटर खरिद र पिपिइ तथा कीट खरिद गरी तीनअाेटा क्षेत्रमा खर्च गर्न अाग्रह गरे । मुसिकाेट नगरपालिकाका मेयर साेमनाथ सापकाेटाले रकम प्रदान गर्ने हेफर इन्टरनेशनल नेपाल, सहकार्य गर्ने जनविकास केन्द्र, साना किसान कृषि सहकारी संस्था तथा समन्वय गर्ने एकीकृत ग्रामीण विकास समाजलाई धन्यवाद दिए । त्यसका साथै उनले प्राप्त रकमकाे सही सदुपयोग गर्ने पनि प्रतिबद्वता जनाए । सहयाेग हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, विभिन्न वडाका वडाध्यक्षहरू, जनविकास केन्द्रका फाेकल प्रसन बिनिता पाेखरेल, पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पाेखरेल, परियाेजना संयाेजक बाबुराम पन्थी लगायतकाे उपस्थिति रहेको थियाे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs