७ असार
गुल्मी । गुल्मी जिल्लामा निषेधाज्ञाको मिति थप गरिएको छ । सोमबार राती १२ बजेसम्म जारी भएको निषेधाज्ञा पुन : एक साताको लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
कोभिड-१९ को नयाँ भेरियन्टको सक्रमण दर न्यून भएतापनी पूर्ण रुपमा नियन्त्रण नभएको भन्दै असार १५ गते मंगलबार राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो । सोमबार बसेको DCMC को बैठकको सिफारिस र सक्रमण रोग नियन्त्रण संशोधित ऐन अनुसार महामारी ब्याबस्थापनको लागि जिल्लाभर लागू हुने गरि आदेश भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जारी गरेको सुचनामा बताइएको छ ।
निषेधाज्ञा अवधीभर बिधालय, शिक्षालय, तालिम केन्द्र बन्द गर्न भनिएको छ । साथै सिनेमा हल, पार्टी प्यालेस,नाचघर, क्लब, फुटसल,जिमखाना, शैलुन,ब्यूटी पार्लर, तालिम गोष्ठी, सेमिनार,मेलाजात्रा, सार्बजनिक तथा निजि सवारी साधन , नित्यपुजा बाहेकका धार्मिक कार्य गर्न नपाइने बताइएको छ ।
औसधि पसल, दूध तथा खाधान्नका, संचार, दमकल एम्बुलेन्स, सब बहान लगायतका गाडिहरु संचालन गर्न पाइने भएको छ । साथै बित्तीय संस्थाहरु पनि सन्चालन हुनेछन ।
जिल्ला प्रशासन कार्यालयबाट मिति २०७८ असार ७ गते जारी गरिएको सुचना : के गर्न पाइन्छ, के गर्न पाइदैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय