९ असार
गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बुधबार जिल्लाको सत्यवती गाउँपालिकामा जिप दुर्घटना भएको हो ।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार सत्यवती गाउँपालिका-६ खैरेनीबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु २ च ३९६० नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिपका चालक ३३ वर्षीय रणबहादुर गैरे रहेका छन् । उनलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । 

सामान्य घाइते हुने सबैको प्राथमिक स्वास्थ्यचौकी जोहाङ्गमा उपचार भइरहको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेमा ६० वर्षका तुल्सीराम ढकाल , ७५ वर्षका जगननाथ ढकाल, ६२ वर्षका टोपराज ढकाल, २४ वर्षका राजु भण्डारी, २६ वर्षकी आशा विक, ७६ वर्षका लोकेन्द्र ढकाल र ३ वर्षका विजय भण्डारी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर