१० असार
गुल्मी । देशै भरिका स्थानिय सरकारले नीति तथा कार्यक्रम ल्याईसकेका छन । बिहीवार करिब ९० प्रतिशत स्थानिय तहले बजेट सार्बजनिक गरेका छन । यसै बिच गुल्मीको मालिका गाउँपालिकाले एउटा नयाँ र सबैलाई झ्याप्प पत्यार नलाग्ने ऐन पारित गरेको छ ।
केन्द्र र प्रदेशका सरकार र संसदमा कहिलेकाहीँ उठने बहस लोकल रक्सी ब्राण्डिङ गर्ने चर्चा सुनिन लागेको धेरै वर्ष भै सक्यो तर जहिलेपनी यो बिषय छाँयामा पर्दै आयो ।
तर गुल्मी जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनकाे लागि ऐन नै पारित गरेको छ । यस्तो ऐनले अब समाजमा के हुन्छ त भन्ने चर्चा सुरु भएको छ । एकथरी मानिसहरु पालिकाले यो एकदमै गलत निर्ण यर्यो भन्छन । अर्को थरी निकै उत्साहित भएका छन । गाउँ कै उत्पादनबाट ब्राण्डिङ मदिरा बनाउन पाउने भएपछी बाहिरको महगो मदिरा ल्याउनु नपर्ने साथै गाउमै स्वरोजगार हुने केहिको तर्क छ ।
बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऐन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो ।
स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ ।
उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने बताईएको छ । साथै लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न निति नियम बनाईएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले बनाएको नीति तथा नियम भन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय