हुमाकान्त पाेखरेल
१२ असार
गुल्मीमा माछा मार्ने क्रममा खाेलामा डुबेर एकजनाकाे ज्यान गएकाे छ । जिल्लाकाे धुर्काेट गाउँपालिकन -४ जैसिथाेक निवासी २१ बर्षका मदन घर्तीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरूषाेत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
जैसिथाेककाे सिमाघाट चिलदमाइ खाेलामा माछा मार्ने शनिबार साँझ ४ बजे मृत्यु भएकाे हाे पाण्डेले बताउनुभयो । अहिले उहाँकाे शव खाेलामै रहेकाेले शव व्यवस्थापनकाे लागि प्रहरीकाे समूह घटनास्थलमा पुगेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर