रामकृष्ण कडेल
१२ असार । अष्ट्रेलिया कर्मथलो बनाएर त्यहाँ बस्दै आएका नेपालीहरुले गुल्मीको हेल्थ एण्ड फिटनेस क्लब (UHFC) गुल्मीदरबार गाउपालिका ६ र ७ चारपालाई अन्ठाउन्न हजार ५२९ सहयोग गरेका छन ।
युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब र दरवारदेउराली दर्शन सेवा समाजले सहकार्य गरि गरेका सामाजिक गतिविधिमा आफ्नो पनि एक्यवद्धता जनाउँदै अष्ट्रेलियालाई कर्मथलो बनाई बसेका नेपालीहरुबाट सो रकम युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब (UHFC) चारपालाले प्राप्त गरेको क्लबका अध्यक्ष इन्द्र बहादुर थापाले बताएका छन।
“प्रवासमा चारपाला बासी एक हौ, मनलाई फराकिलो बनाऔ, दु:ख पिडामा सहयोग गरौं ” भन्ने मुल नाराका साथ गुल्मी चारपालाको विपद् व्यवस्थापन तथा सामाजिक,धार्मिक र सांस्कृतिक उत्थानको क्षेत्रमा कार्य गर्दै अगाडि बढिरहेको दरबारदेउराली दर्शन सेवा समाज चारपाला र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब (UHFC) चारपालाको सहयोग अभियानमा हातेमालो गर्दै नेपाल देखि प्रवासको यात्रा तय गर्ने क्रममा रहनुभएक सामाजिक ब्याक्तित्वहरु निरज बस्नेतले अस्ट्रेलियन ५० , फर्स थापा ५० , कमल थापा ५०, सुवास अर्याल ५०, पदम श्रेष्ठ ५०, निर्मल रायमाझी ५० ,मनोज बस्नेत ५०, सङ्कर कार्की १०१, लक्ष्मण खनाल ५०, अर्जुन क्षेत्री ५० र जिवन कार्कीबाट ८० गरी जम्मा नेपालि रुपियाँ ५८५२९ प्राप्त भएको क्लबका अध्यक्ष थापाले जानकारी गराएका छन । सामाजिक सेवाका निम्ति यस संस्थाले गरेका उदाहरणीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस संस्थालाई थप सहयोग गरिने जानकारी गराउँदै निरज बस्नेतको पहलमा उक्त रकम यस संस्थाले प्राप्त गरेको बताइएको छ । सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गर्दै क्लबका अध्यक्षले यसरी प्राप्त भएका सहयोगले सामाजिक सेवाका कार्यहरु गर्न सहज भएको र थप उर्जा मिलेको बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs