१४ असार
बुटवल । रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्’ ग्लोबल पाण्डेले भने‘ जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’ यसका साथै बसमा आधामात्रै यात्रुहरुमात्र राख्न पाईने छ भने भाडा डेढ गुणा बढी लिन पाईने गरि सम्झौता भएको बुटवल यातायात प्रालीका सञ्चालक दिपक श्रेष्ठले जनाए। पहिलेको अवस्थामा भाडा १०० भए अब १५० तिर्नु पर्ने छ। बिहान ११ बजे जिल्लाका यातायात ब्यवसायी संग भएको छलफलमा सोही निर्णय भएको उनले जनाए।

असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर