१६ असार
गुल्मी । गुल्मीको एकजना वडा अध्यक्षले बैठक सन्चालन खर्च र खाजा खर्च नलिने भएका छन । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिशुखर्कका वडा अध्यक्ष टंक बहादुर के सिले आफुले बैठक सन्चालन खर्च र खाजा खर्च नलिने बताएका हुन ।
आ.व. २०७८/०७९ को गाउँ सभाबाट बिनियोजित बजेटमा उनले आफ्नो वडाको लागि अतिथी सत्कार खर्च ५० हजार र वडा समिती बैठक भत्ता ३६ हजार गरि ८६ हजार मात्र माग गरेको र पालिकाबाट बिनियोजन भएको उल्लेख गरेका छन । अध्यक्ष के सिले यो महामारीले नागरिकलाई थिलोथिलो पारिरहेको बेलामा हामी पनि घरै खाजा खाएर आउला नि !भनेका छन ।
पालिकाका अन्य ६ वटा वडा अध्यक्षले भने बैठक भत्ता तथा खाजा खर्च,वडा समिती बैठक खर्च अर्थात अतिथि सत्कार खर्च २ वटा शिर्षकमा ३ लाख १६ बजेट राखेका छन । साथै वडा नम्बर ८ तुराङका वडा अध्यक्ष नन्दराम अर्यालले एउटा शिर्षक थपेर वडा कार्यालय ब्याबथापनमा ८२ हजार बजेट राखेका छन । उनले ३ लाख ९८ हजार राखेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय