हुमाकान्त पाेखरेल, गुल्मी
०२ साउन । धुर्काेट गाउँपालिका -४ जैसिथाेकमा बर्थिङ सेन्टर संचालन गरिएको छ । बिहिबार गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले बर्थिङ सेन्टरकाे उद्घाटन गरे । जैसिथाेकमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनकाे लागि सदरमुकाम तम्घास वा धुर्काेट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने छैन । आर्थिक बर्ष ०७७/७८ मा उक्त स्वास्थ्य चाैकीममा ३८ जनाले चारपटक गर्भ जाँच गराएका छन् । अहिलेसम्मकाे तथ्यांक हेर्दा बार्षिक ३५ देखि ४० जना उक्त स्वास्थ्य चाैकीमा सुत्केरी हुने स्वास्थ्य चाैकी व्यवस्थापन समिति अध्यक्ष एवम् जैसिथाेकका वडासदस्य गनेपाल थापाले ,जानकारी दिए । स्वास्थ्य चाैकिमा अनमि तारा खनाल र सम्झना पाेखरेलले सुत्केरी गराउनेछन् । जैसिथाेक स्वास्थ्य चाैकीलाई न्यूनतम सेवा मापदण्ड प्रक्रिया पूरा गरेकाे स्वास्थ्य संस्थाकाे रूपमा घाेषणा गरिएकाे । त्यसका साथै टेलिभिजन, पाेषण कर्नर लगायतबा सुविधा थप गर्नकाे लागि बजेट बिनियाेजन गरिएको गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रेम खनालले जानकारी दिए । कार्यक्रममा उपस्थित भएका सबै गर्भवतीहरूलाई स्वास्थ्य चाैकीमा सुत्केरी हुनकाे लागि निमन्त्रणा पत्र पनि वितरण गरिएको खनालले जानकारी दिए । स्वास्थ्य संस्थामा चारपटक गर्भ परीक्षण गराएबापत दुई/दुई सयका दरले अाठ सय, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत दुई हजार, यातायात खर्चबापत दुई हजार तथा अामा र बच्चाकाे लागि एक/एक सेट न्यानाे कपडा प्रदान गरिने खनालले बताए । याे सँगै धुर्काेटमा रहेका एक प्राथमिक स्वास्थ्य केन्द्र र छ वटा स्वास्थ्य चाैकीमा बर्थिङ सेन्टर संचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय