माधव ज्ञवाली
११ साउन गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजनामा शनिवार अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीको सभाहलमा सप्पन्न कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं समाजसेवी लीलामणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि पौडेलले पछिल्लो समय देशमा घटेका राजनीतिक घटनाक्रम सङ्गै एम सि सि लगायतका विषयबस्तुका बारेमा प्रकाश पार्दै प्रशिक्षण दिएका थिए।
उनले एम सि सि परिमार्जन सहित नेपालको हितमा पास गर्नुपर्ने अन्यथा त्यो नेपालको लागि दुर्भाग्य हुने बताएका छन् । कार्यक्रममा बोल्दै उनले आफू कुनै राजनीतिक महत्वाकांक्षी भावना लिएर नआएको बताउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र) गरिब, नुमुखा,दलित ,पिछडिएका बर्ग लगायतको हक हितका लागि र उनिहरुको उत्थानका लागि एजेन्डा बोकेर हिडेको एकमात्र कम्युनिस्ट रहेको बताए । “पद होइन सहि एजेन्डा र बिचार बोकेर अघि बढेमा मात्र आफू कम्युनिस्ट भएको सार्थकता हुनेछ।” उनले भने।
आफू नेपाल सरकारको कर्मचारी भएर काम गरिरहँदा पनि यस् क्षेत्रको बिकासमा निरन्तर लागि परेको बताउँदै अबका दिनहरुमा पनि आफ्नो शक्ति र क्षमताले भ्याएसम्मको कामहरु गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

कार्यक्रमका अतिथी एवं वाइसीएल केन्द्रीय कमिटी सदस्य तथा नेकपा माओवादी केन्द्र गुल्मी जिल्लाका जिल्ला कमिटी सदस्य यदु ज्ञवालीले यस रुरुक्षेत्रमा नेकपा एमालेको एकलौटी राज्यशक्ती र यसको दुरुपयोगलाई चिर्दै प्रतिस्पर्धात्मक रुपमा जनताको मन जित्दै नेकपा माओवादी केन्द्र अघि बढिरहेको बताएका छन् । पछिल्लो समय यस् गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पहलमा बाटोघाटो ,सडक ,खानेपानी लगायतका क्षेत्रमा प्रदेश देखि लिएर केन्द्र सम्मका बजेट बिनियोजन गरि काम भइरहेको उनको भनाई रहेको छ। गाउँपालिका भित्रका सबै ठाउँमा पानीको समस्यालाई अन्त्य गर्ने उदेश्य सहित आफू र आफ्नो पार्टी निरन्तर लागिपरेको उनले बताए। अझैपनी पानीको समस्या खेपिरहेका च्युरेकका बासिन्दाहरुको लागि यसै बर्ष सक्ने गरि च्युरेक खानेपानी योजना पनि अघि बढिरहेको ज्ञवालीले जानकारी दिए । “भोड्कामा पनि स्तरीय बाटो बनाउन पहल गर्नेछौं ” उनले भने।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुको सुझाव सल्लाह एवम् गुनासाहरुको अतिथिहरु द्वारा सम्बोधन गरिएको थियो। युवाहरुलाई प्रशिक्षण दिएर अग्र पङ्तिमा राख्दै कम्युनिस्ट आचार,बिचार र ब्यवहारलाई परिवर्तन गर्नुपर्ने र दलित ,निम्न वर्ग, महिला, किसान लगायत पिछडिएका बर्गहरुको उत्थानका लागि एजेन्डा लिएर अघि बढ्नु पर्ने निष्कर्ष भेलाले गरिएको थियो।
नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँ कमिटी अध्यक्ष।नारायण प्रसाद पौडेल सभाध्यक्ष रहेको कार्यक्रममा नेपाल संस्कृत विश्व बिधालय सेवा आयोगका सदस्य मुरली मोहन बास्तोला,नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य एवं रुरुक्षेत्र गाउँ कमिटी उपाध्यक्ष हरि प्रसाद ज्ञवाली ,अखिल क्रान्तिकारी गुल्मी जिल्ला कमिटी उपाध्यक्ष बालेन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र रुरु गाउँ कमिटी सचिवालय सदस्य किसन पाण्डेले गरेका थिए।




