खुल्ला न्यूज,
गुल्मी १८ साउन । पछिल्लो समय जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ । यस्तैमध्येका एक हुन्, रेसुङ्गा नगरपालिका -१० सिमिचाैरका लक्षमण घिमिरे । घिमिरेले छाेरी आराध्या घिमिरेकाे प्रथम जन्माेत्सवमा २० लाखकाे बीमालेख खरिद गरेका छन् । गुल्मीको तम्घासमा रहेकाे महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे महालक्ष्मी बालबचत जीवन बीमा अन्तरगत २० बर्षकाे लागि बीमालेख खरिद गरेको कम्पनीका सिनियर एजेन्सी म्यानेजर दीपक अर्यालले जानकारी दिए । यस याेजनाले बच्चाकाे नाममा रकम बचत भएकाे तथा बीमित र प्रस्तावक दुवैकाे जाेखिम बहन भएकाे अर्यालले बताए । घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका कार्यालय प्रमुख समेत रहेका घिमिरेले छाेरीकाे उच्चशिक्षाकाे लागि आर्थिक अभाव नहाेस् भन्ने उदेश्यले बीमालेख खरिद गरेकाे प्रतिक्रिया दिए । महालक्ष्मी लाइफ इन्स्योरेन्सका गुल्मी शाखा प्रमुख बिमल छन्त्यालले कम्पनीले छाेटाे समयमा धेरै बिमितकाे मन जित्न सफल भएकाे दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय