हुमाकान्त पोखरेल
२० साउन
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रुरुक्षेत्र गाउँपालिका –५ का ३२ बर्षिया दिप माझिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीका हवल्दार नविन भण्डारीले जानकारी दिनुभयो । सत्यवती गाउँपालिकाको जुनियाबाट खैरेनीतर्फ जाँदै गरेको लु ३ त ३९९ नम्बरको ट्याक्टर सत्यवती गाउँपालिकाको वडा नम्बर ६ तल्लो हटियामा बुधबार राति ८ ः ३० मा दुर्घटनामा परेको हो । ओरालोमा ब्रेक फेल हुँदा ट्याक्टर दुर्घटना भएको हुनसक्ने भण्डारीले बताउनुभयो । ट्याक्टरमा सवार अन्य दुईजना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर