२१ साउन
बुटवल । लुम्बिनी प्रदेश सांसद बिमला कुमारी खत्रीले आफू माओवादी केन्द्रमै रहेको घोषणा गरेकी छन ।
ओलिले बिहिवार पत्रकार सम्मेलन गर्दै सन्चारकर्मिहरुसङ्ग आफुलाई नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानिय नेता मान बहादुर रावतले झुक्याएर मुख्यमन्त्रीको निवासमा लगेको गुनासो गरेकी छन ।
नेकपा हुँदा आफू निर्बाचित भएको र पार्टी बिभाजन भएपछि पत्रकार सम्मेलन गरेरै आफू माओवादी केन्द्रमा रहने कुरा सार्बजनिक गरेको बताइन । नेकपा एमालेबाट आफुलाई पटकपटक प्रेसर आईरहेको तर आफुले माओवादी नछाड्ने जानकारी गराइरहेको भएपनी पटकपटक आफुलाई एमाले नेताहरुबाट दबाब आउने गरेको बताइन ।
उनले २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगन्ज हिडन लागेको समयमा नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदिय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानिय नेता मानबहादुर रावत मेरो घर तुल्सिपुरमा आउनु भयो र फेरि दवाव दिनु भयो । पार्टिमा आउनु पर्यो भन्नुभयो । मैले फेरिपनी इन्कार गरे । म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु, मलाई जान दिनुस भन्दा प्रमुख सचेतक ढकालले हामिपनी नेपालगन्ज जाने हो, सङ्गै जाऔ हामी नै पुर्याईदिन्छौ भन्नुभयो । उहाँजस्तो जिम्मेवार नेताले भनेपछी मैले बिस्वास गरि गाडीमा बसे । गाडी तुल्सिपुरबाट अमिलिया उहाँहरु खाना खानु भयो ।
गाडीमा बसियो तर गाडी नेपालगन्ज जानुपर्नेमा एक्कासी बुटवल तिर मोडियो । तत्कालै मैले प्रतिबाद गरिरहँदा उहाँहरुले एकपटक मुख्यमन्त्रीलाई भेटनुपर्यो भनेर गाडि नरोकी एकैचोटि बुटवल मुख्यमन्त्रीको निवासमा पुर्याउनु भयो ।
मुख्यमन्त्री पोखरेलसङ्ग छलफलमा उहाँले फेरिपनि उहीँ कुरा गर्नु भयो । पार्टिमा आउनुपर्यो हामी अब मन्त्री बनाउछौ भन्नुभयो । विभिन्न प्रलोभन देखाउनु भयो तर मैले ईन्कार गरिरहे । साउन १६ देखि १८ सम्म ३ दिन मुख्यमन्त्री निबासबाट बाहिर निस्कन नदिई निरन्तर दबाब दिइयो ।
साउन १८ गते बिज्ञप्ति लेखेर मलाई पढ्नै नदिइ जबरजस्ती हस्ताक्षर गराइयो । यति भैसकेपछी अब त मलाई घर जान दिन्छन र बाहिर गएर यस्को भन्डाफोर गर्छु भन्ने सोचेको थिए यद्यपि झनै कडाइका साथ साउन १९ देखि मुख्यमन्त्री निवास भित्रै राखियो ।
सन्चारकर्मीहरुसङ्ग उनले भनिन, २० गते मध्यान्ह पौने १२ बजेको समयमा सबै आराम गरेको मौका पारी ट्वैलेटको चप्पल लगाएर त्यहाबाट माओबादी केन्द्रको संसदिय दलको कार्यालयमा पुगेको उनले बताइन ।
राजनिती र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्यो । एमाले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइन । म मेरो पार्टी नेकपा माओबादी केन्द्रप्रती पूर्ण प्रतिबद्ध छु उनले भनिन । साथै मेरो नामबाट नेकपा एमाले लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबर्जस्ती गराइएको हस्ताक्षर र कागज पुरै झुठो भएको उनको दाबी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs