सुनिल न्यौपाने
२६ साउन
गुल्मी । देशमा सबै नितिको सर्बोच्च नीति भनेर राजनितीलाई भनिन्छ । नेपालमा कहिले जुट त कहिले फुटको राजनीतिले नागरिकहरु निरास बन्दै गैरहेको सहजै बुझ्न सकिन्छ ।
नेपालका कम्युनिस्ट पार्टिहरु मुख्यत नेकपा एमाले र नेकपा (माओवादी केन्द्रको) बाम गठबन्धन भएर चुनाबमा जानू र जनताको उल्लेख माया पाउनु एउटा शुखद क्षण थियो । त्यसैले झण्डै दुई तिहाइ मत दिएर पठाएका नागरिक यतिबेला भने निकै निरास भएका छन । शिर्ष नेताहरुका लागि त यो बानी परिसकेको बिषय होला तर जसले कम्युनिस्ट बिचार राख्थे र कयौं श्रमजीवी वर्ग जो स्थिरताको पक्षमा थिए, जस्ले विकासको आशा गरेका थिए उनिहरु निश्चितै रुपमा दु:खि भएका छन ।
देशका प्रमुख दुई ठुला कम्युनिस्ट पार्टिहरुको एकता निकै आशा गर्न योग्य थियो । तर एकताको ३ वर्ष नपुग्दै फेरि बिभाजन हुनुले मुख्यत युवा वर्गको अनुहार पुनः निरासाले पोतिएको छ ।
पछिल्लो समय देशको राजनीति उथलपुथल भएसङ्गै केन्द्रिय राजनीतिको बाछिटा स्थानिय तहहरुमा समेत देखिन थालेको छ । प्रदेश जिल्ला हुँदै स्थानिय तहमा प्रबेश गरेको फुटको राजनितीले गुल्मीको सबैभन्दा ठूलो स्थानिय तह मुसिकोट नगरपालिकालाई पनि छाडेन । गुल्मी नेकपा एमालेका सचिब समेत रहेका सोमनाथ सापकोटा त्यहाँका नगर प्रमुख हुन । सापकोटा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) पार्टी चरम बिबादमा रहेको बेला माधब प्रचण्ड पक्षको जिल्ला अध्यक्ष समेत बने ।
जब सर्बोच्च अदालतको २०७७ फाल्गुन २३ मा नेकपाको नाम सम्बन्धि बिबादमा पार्टिनै एकता नभएको भन्ने फैसला आयो र दुबै पार्टी पूर्ववत अबस्थामा पुगेको आदेश आयो त्यसपछी एमालेमा चरम बिबाद देखियो ।
जुनबेला नेकपा शक्तिशाली थियो बिपक्षी मौन देखिन्थे तर बडो दलबल सहित सानदार रुपमा सत्तासीन हुन पुगेका दल बिभाजन र बिबादले छिन्नभिन्न हुन पुगे, शक्ति बिहिन सत्तामा रहन पुगे, त्यही मौका छोपेर विपक्षी दल खुलेरै आलोचनामा उत्रीएको छ । पछिल्लो समय मुसिकोटमा अनियमितता भएको र भ्रष्टाचार गर्नेलाई प्रमुखबाटै संरक्षण भएको भनेर बिज्ञप्ति समेत सर्बजनिक भएका छन । सहि हो या त्यसै लगाइएको आरोप हो त्यसको खण्डन सत्ता पक्षबाट आएको छैन ।
पछिल्लो राजनितिक उतारचढावसङ्गै बदलिएको राजनितीक जोडघटाउ निकै पेचिलो बनेको छ । एकातिर काङ्ग्रेस माओवादी जसपा र एमाले माधब समूह अर्को तर्फ एमाले ओलि समूह हुँदा सत्ता र शक्ति फेरिएको छ । मुसिकोट नगरपालिकामा एकातिर केन्द्रिय राजनीतिको समीकरण छ त अर्को तर्फ यहि मौका छोपेर नेपाली काङ्ग्रेसले स्थानिय सरकारका कमजोरी खोज्दै,आरोपित गर्दै कमजोर पार्ने दाउमा छ । सत्ता गठबन्धन बन्दा आफुलाई निर्णायक भुमिकामा उभ्याउने माओबादी कतैपट्टि पनि नहेरी आफ्नै सङ्गठन बलियो बनाउने कसरतमा छ । नेकपा एमालेमा यस्तै बिबाद चुलिदै गए दुबै पक्ष कमजोर हुने र आफुले सहजै चुनाब जित्ने काङ्ग्रेसको आंकलन छ । तर अहिलेकै गठबन्धन चुनाबसम्म पुगे ओलि समूह निकै कमजोर हुने नागरिकहरुले अनुमान गरेका छन ।
नगरप्रमुख एमाले माधब समूह र उपप्रमुख एमाले ओलि समुहबाट स्पस्ट देखिएको हुनाले पनि पालिकाको आन्तरिक योजना समेत प्रतीपक्षसम्म सहजै पुग्ने हुँदा बाँकी कार्यकाल निकै अपठारोसङ्ग गुज्रिने देखिन्छ । नगरपालिकाको विकास राजनितिक खेलको रङ्गमन्च नबनोस । जनताले आशा गरेका राजनितिक नेतृत्वले आफ्नो स्वार्थ पूरा गर्नको लागि नागरिकको छातिमा नकुल्चुन, स्वार्थ बिहिन रुपमा मत दिएर सत्ताको सुनौलो कुर्सिमा पुर्याएका नागरिकहरु मनिल अनुहार बनाएर तिनै जनप्रतिनिधिलाई धिक्कार्दै बस्न नपरोस । नगरपालिकाको विकासको लागि सबैको साझा धारणा बनोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय