०३ भाद्र
सुनिल न्यौपाने गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं-३ धरमपानीमा अवस्थित श्री धरमपानी प्राथमिक विद्यालयको पछिल्लो अवस्थाबारे नेपाली काङ्ग्रेसका युवा नेता एवम् मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख झविलाल भण्डारीले बुधबार उक्त बिधालयको अनुगमन गरेका छन। मुसिकोट नगरपालिका वडा नं-३ मा अन्य बिकासको नतिजा शन्यू भएको भन्दै शिक्षा जस्तो महत्त्वपूर्ण बिषयमा पनि यस वडाका जनप्रतिनिधि निदाएर बसेको देख्दा दु:ख लागेको भण्डारीले बताए।
बिधालयको कक्षा कोठा ब्यवस्थापन,शौचालय बिधालय भन्दा टाढा रहेको र दरबन्दी शिक्षकको अभाव रहेको हुँदा यस बिषयलाई आफुले गम्भीर रुपमा लिएको र आगामी दिनमा पहलको लागी पछि नहट्ने कुरा उल्लेख गर्दै स्थानिय सरकारले चासो नदेखाएको उनले जिकिर गरे। साथै बिधालयमा गुणस्तरीय शिक्षाको लागी समुदाय स्तरबाट समेत आबाज उठाउनु पर्ने उनको भनाइ छ। समाजका केहि मान्छे समाजको हित भन्दा पनि ब्यक्तिगत फाइदा हेर्दा बिधालयप्रति सरकारी निकायको नजर फितलो भएको समेत भण्डारीले उल्लेख गरेका छन । धरमपानी प्राथमिक बिधालय कि प्रधानाध्यापक सरस्वती आचार्यले बिधालयप्रति देखाएको चासो प्रति खुसी व्यक्त गर्दै तत्कालको आवस्यक कक्षा कोठा ब्यवस्थापन,शौचालय साथै दरबन्दी शिक्षक रहेको हुँदा उल्लेखीत आवश्यकताहरुको लागी पहल गरिदिन राजनीतिक दल जनप्रतिनिधि,स्थानीय, पत्रकार लगायत सम्पुर्णलाइ पहल गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय