०७ भदौ
गुल्मी । केन्द्रिय राजनितिको असर जिल्लासम्मै पुगेको छ । यहि भाद्र २ गते देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले बिभाजनभै बरिष्ठ नेता माधब कुमार नेपालको नेतृत्वमा निर्बाचन आयोगमा दर्ताको लागि पुगेपछी नेपालको राजनीति पुन : एकपटक बिभाजनको कोर्षमा गएको हो ।
३ वर्ष पहिले देशका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)को एकतासङ्गै बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देशका ६ प्रदेश र संघिय सरकारमा सत्तासिन हुन पुगेको थियो । छोटो समयमै शिर्ष नेताहरुको आपसी खिचातानी र आन्तरिक कलहकै कारण शक्तीहिन बन्न पुग्यो त्यही पार्टी र २०७७ फागुन २३ गते सर्बोच्च अदालतले पार्टी एकता भङ्ग भएको र पूर्ववत अबश्थामै फर्किन दुबै पार्टिलाई आदेश सहितको फैसला गरेपछी एमाले र माओवादी त बिभाजन भएनै यद्यपि एमाले पनि आन्तरिक रुपमा बिभजनकै मोडमा पुग्यो । अहिले माधब नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) बनिसकेको छ र यतिबेला निर्बाचन आयोगमा दर्ताको क्रममा रहेको छ ।
प्रतिनिधि सभा बिघटन गरेर प्रतिगमन गरेको भन्दै तत्कालिन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष के पि शर्मा ओलिको विरुद्धमा लागेका दोस्रो तहका अधिकांश नेताहरु नै माधब नेपालको समाजबादी पार्टिमा भने गएनन त्यसको असर जिल्लासम्मै पर्यो ।
यतिबेला गुल्मी जिल्लामा कसले गर्ला त माधब नेपालको समाजबादी पार्टिको नेतृत्व चौतर्फी चासोको बिषय बनेको छ । लामो समयदेखी माधब पक्षमा रहेका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्ट यतिबेला एमालेको तेस्रो धारमा बसेर एकताको लागि संघर्ष गरेको बताउँछन । तर गुल्मीकै नेतृ रामकुमारी झांक्री भने नयाँ पार्टिमा निकै सकृय देखिएकी छन ।
अब के गर्छन त, गुल्मीमा दोस्रो तहमा नेतृत्व गरेका नेताहरु पूर्वमन्त्री बिष्टकै बाटो पछ्याउँछन यात नयाँ पार्टिमा पुग्छन । माधब समुहका अधिकांश नेताहरु ढुलमुलमै रहेको जानकारहरु बताउछन । नाम नबताउने सर्तमा केही युवा नेताहरुले एमालेमै रहेपनी अबदेखि पूर्वमन्त्री बिष्टलाई साथ दिन नसकिने बताएका छन । केही नेताहरुले अझै केन्द्रमा कोहि नेता जालन र हामीपनि जाउँला भनि पर्खिरहेको बुझिएको छ । भदौ ९ गते निर्बाचन आयोगले पार्टि आधिकारिकताको लागि हस्ताक्षर गर्न बोलाएको हुँदा केही नेताहरु पार्टी आधिकारिकताको पक्षमा रहेको बताएका छन । तर निकै संकटमा परेको छ जिल्लाको दोस्रो तहको माधब पक्ष नेतृत्व न एमालेमा बस्न सजिलो छ, बसौ भने नैतिकता बिहिन हुने पिरलो जाउँ भने मुखमै परेको गाँस ठूलो पार्टी छाडेर नयाँ कसरी बनाउने ?
दोस्रो तहका नेताहरुको डुलमुल्याई देखेर जिल्लाका तेस्रो तहका युवाहरु भने नयाँ पार्टिमा आबद्ध हुन अनुरोध गर्दै आईपरे नेतृत्व गर्नेसम्मको निर्णमा पुगेको बताएका छन । एमालेबाट बिभाजनभै बनेको समाजबादी पार्टीमा खुलेर लागेका युबा हुन युवासघंका केन्द्रिय सचिब हिमाल थापा । उनले समाजिक सन्जाल फेसबुक मार्फत सबैलाई पार्टिमा आबद्द हुन अनुरोध समेत गरेका छन । त्यस्तै अर्का पात्र हुन श्रीराम महत । उनले प्रतिगमनलाइ स्वीकार गर्न नसकिने भन्दै नयाँ पार्टिमा आबद्द हुन अपिल गरेका छन । महत तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै माधब प्रचण्ड समुहको युवासंघको जिल्ला अध्यक्ष हुन । लामो समयदेखी बिद्यार्थी राजनीतिमा रहेका महत रेसुङ्गा बहुमुखी क्याम्पसका स्वबियू सभापति समेत हुन । उनले यतिबेला निकै सकृयताका साथ नयाँ पार्टीलाई स्थापित गर्न लागेका छन । महत भन्छन आबश्यक परे हामी जिल्लाको नेतृत्व गर्न तयार छौ यधपी सकेसम्म अग्रज नेतालाई नेतृत्वमा ल्याउने हाम्रो प्रयास छ । महतले जिल्ला भरी नेता तथा कर्याकर्ताहरुसङ्ग कुरा भैरहेको र केही दिन भित्रै जिल्ला कमिटी घोषणा गर्ने तयारी समेत भएको बताएका छन । अबको एक साता भित्रै जिल्लामा १५१ सदस्यीय जिल्ला कमिटी घोषणा गर्ने तयारी भएको खुल्ला न्यूजलाई बताएका छन ।
आफुहरुसङ्ग केही जनप्रतिनिधिहरु समेत रहेको साथै युवा बिद्यार्थी जनजाती पत्रकार सबैको सहभागिता हुने उनले दाबी गरेका छन । को हुन त ती जनप्रतिनिधि भन्ने जिज्ञासामा उनले खुलाउन चाहेनन तर छिट्टै सबै किलियर हुने उनको भनाई छ ।
खास परिस्थितिमा चुनाबको अंकगणित मात्रै हिसाब गरेर बस्ने नेताहरुको पछि लागेका जिल्ला नेताहरुलाई अब जिल्लामा बोल्न सक्ने कुनै नैतिक सामार्थ्य नरहने महतको आरोप छ । उनी भन्छन, हामी नेपालको कम्युनिस्ट आन्दोलनको रक्षाको लागि र राजनितीमा नैतिक मूल्य मान्यता हुन्छ भनेर स्थापित गर्नको लागि अग्रमोर्चामा आएका हौ । नेतृत्व खराब भएपछि चुनाब जितेर पनि केही हुदैन भन्ने कुरा हामीले भोगेर देखेर आईसकेका छौ त्यसैले हाम्रो प्राथमिकता चुनाब जित्नु मात्रै होइन, उनले जिकिर गरे ।
बिषौ वर्षदेखी जिल्लामा रहेको नेताहरुको सिण्डिकेट तोड्ने अवसर पनि भएको महत बताउँछन । हामी कसैलाई जिताउन र सत्ताशिन बनाइरहन मात्रै राजनिती रहेका होइनौ । नयाँ पुस्ताको माग अनुसार पुरानो पुस्ताले ठिक ढङबाट नेतृत्व गर्न सक्षम नभएको हुँदा अब हाम्रो पुस्ताले राजनितीलाई डोर्‍याउन हिम्मत गर्नुपर्छ महतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय