खुल्ला न्यूज
७ भाद्र २०७८ बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा रहेका ८० सदस्यमध्ये ४२ जनाले उनलाई विश्वासको मत दिए। विपक्षमा भने कुनै पनि मत परेन।
केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन्। केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य कायम छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चौथो बैठक पनि बहिस्कार गरेको छ। एमालेका ३७ सदस्य छन्।