०८ भदौ
सुनिल न्यौपाने गुल्मी । मकै जोन गुल्मी संचालक समितिको अध्यक्षमा शेर बहादुर कुवर र सचिवमा कृष्ण प्रसाद पाण्डे सर्वसम्मत चयन हुनु भएको छ। नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तम्घास गुल्मीद्वारा संचालित मकै जोन कार्यक्रम गुल्मीको नयाँ कार्यसमिति सोमबार गुल्मीको सदरमुकाम तम्घासमा गठन गरिएको थियो ।
मकै जोन समिती गुल्मीका पुर्व संयोजक लोक बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा शेर बहादुर कुवर र सचीवमा कृष्ण प्रसाद पाण्डे सहित ९ जनाको कार्यसमिति चयन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तम्घास गुल्मीका कृषि अधिकृत सुमन खनालले खुल्ला न्युज सङ्ग कुरा गर्दै पहिलेको समितीले संतोषजनक काम गरि सकारात्मक नतिजा देखाउन सफल भएकोमा धन्यवाद दिएका थिए । साथै नवगठित समितीलाई शुभकामना दिदै अधिकृत खनालका अनुसार मकै जोन कार्यक्रम गुल्मीमा उत्साहका साथ अगाडि बढिरहेको समेत उनले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर