११ भदाै
बुटवल । रातिदेखिको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । सदरमुकाम हुँदै बगेको झरही नदी ओभरफ्लो भइ परासी बजारमा बाढी पसेको हो । बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन् । वजारको पुर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा नम्बर १ सहुवाटिकर, वडा २ को मस्जिदटोल, हाटबजार टोल, ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा ५ को प्रशासनटोल ड्राइभरटोल, इमलीटोल, बुद्धचोक टोल र वडा ६ पोखरापाली टोले पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु वर्षाको पानीले जलमग्न भएको छ ।
बाढीले जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाली सेना ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरुमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिए । डिएसपी लामाले भने, ‘अहिले पानी परिरहेको छ बढ्दो बाढीले कतै मुभ हुन सकिएको छैन जिल्लामा कहाँ के भाको छ पता लगाउन सकिएको छैन् भने बजारको वास्तविक क्षतिको विवरण समेत संकलन पनि गर्न सकिएको छैन । बाढीको पानी घरमा पसेर खाद्यान्न, कपडालत्ता, फर्निचरका सामान लगायत भिजेको छ भने बजारका पसलहरुका विभिन्न सरसामानहरु भिजेर लाखौंको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको छ ।
यता पुर्व पश्चिम राजमार्गमा सुनवल नगरपालिकाको बडेरा, बनक्टी र ज्यामिरेस्थित डाइभर्शन पनि भत्केर आवागमन अवरुद्ध भएको छ । बाढीको तीव्र बवाहले डाइभर्सन पुरै डुबानले डाइभर्सन बगेको कि भत्केको भने पुरै यकिन हुन नसकेको प्रहरीले जनाएको छ । राजमार्गमै सुनवल–४ को तुरिया पुल पनि क्राक भएर राजमार्गमा अवरुद्ध भइ आवागमन पुरै ठप्प भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउपालिका र रामग्राम, सुनवल बर्दघाट नगरपालिकाको केही वडाहरु बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ । यता सुनवल नगरपालिका वडा नम्बर ४ को एक १४ वर्षिय बालक बेपत्ता परेको प्रहरीले जनाएको छ । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको कि कता परेको भने यकिन हुन सकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय