मोरुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।
नदेखाउँ न त भन्छु मेरा दुःख अरुलाई
लुकाउनलाई मुख सक्दिन त के गरुँ ।
पेट त्यसै नभरिने एक इलम बिना आज
मेटाउनलाई भोक सक्दिन त के गरुँ ।
बन्दैछ रे तमासा मेराे आज समाजमा
बन्नलाई भावुक सक्दिन त के गरुँ ।
मरितुल्य भाछ जीवन लासकाे छैन टुङ्गाे
मान्न आफ्नै साेक सक्दिन त के गरुँ ।