खुल्ला न्यूज
११ असोज,२०७८ काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन । राष्ट्रपति कार्यालयले सोमबार राति एक विज्ञप्तिमार्फत सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेको जानकारी गराईएको छ ।
विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज भएको छ’।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs