खुल्ला न्यूज
२६ असोज नेपालगन्ज । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ भने १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ भने १८ जना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये अधिकांश मृत्यु भएको र बाँकि घाइतेको अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।
भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका–७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठका अनुसार ३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभरलोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ ।

मंगलबार दिउँसो यो दुर्घटना भएपछि अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर