इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो।

चेन्नईले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन मात्र बनाउन सक्यो।
यससँगै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जित्न सफल भएको छ। कोलकाताको भने तेस्रो पटक उपाधि जित्ने सपना अधुरो बनेको छ।
चौथो पटक उपाधि विजेता चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय