खुल्ला न्यूज
३१ असाेज गुल्मी। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मी जिल्ला कमिटीले साेमवार पुर्णता पाउने भएको छ । पाटीले साेमवार सदरमुकाम तम्घासमा जिल्ला भेला आयाेजना गरेकाे छ । साेमवार आयाेजना गरिएकाे जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिने अध्यक्ष श्रीराम महतले जानकारी दििगर्न एका छन । जिल्ला अध्यक्ष महतका अनुसार पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासी,अर्का सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाक्रि,पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चाैधरी, सचिव तथा युवा नेता राजु गुरुङ ,लुम्बिनी प्रदेश कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती लगायतका नेताहरुले प्रथम जिल्ला भेलालाई सम्बाेधन गर्ने बताए । एभरग्रिन पाटी प्यालेसमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । भेलामा जिल्लाभरवाट करिव एक हजार नेता कार्यकर्ताकाे सहभागी रहने जनाईएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs