सुने पनि नसुने झैँ नाटक बहिरो पनको
गर्छन तिम्रै आफ्नाहरु स्वार्थी सारा मनको
सागर भर आशुले नै पिडा बगाई मनको
तिम्रो दुख तिमि संग सधै एक्लो पनको ।।
स्वार्थी संसार मूल्य छैन मानबता र गुनको
हिसाब किताब हुने गर्छ सम्मान यहाँ कुनको
कठोर बन्दै गयो समाज कुरा मात्रै धनको
तिम्रो दुख तिमि संग सधै एक्लो पनको ।।
आँधी हुरी चट्यांग पनि खप्न सक्ने छाती
किन बज्र सहि बस्छौ अन्याय कै माथि
सुनौलो त्यो बिहानिमा खुशी आउला जनको
तिम्रो दुख तिमि संग सधै एक्लो पनको ।।
आसु तिम्रै शित बन्ला, मोति जस्तै पातमा
अधेरिको कालो पर्दा हटाई अझै एक्लो रातमा
सबका तिमि साथी बन्छौ कति ठुलो मनको
तिम्रो दुख तिमि संग सधै एक्लो पनको ।।
🖋️मधुसुधन पाण्डे