खुल्ला न्यूज,
९ कार्तिक २०७८ : गुल्मीमा सोमबार आफनै छोराले बाबुमाथि खुकुरी प्रहार गरी फरार भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ४ रातपोखरा बस्ने ५५ बर्षीय हरीबहादुर घर्तीलाई २९ बर्षीय छोरा राजेन्द्र घर्तीले खुकुरी प्रहार गरी घाइते बनाई आफू फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बाबुछोराको सामान्य घरायसी झगडामा छोराले बाबुलाई खुकुरी प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिए ।
घाइते बाबुको टाउकोमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने छोराको खोजी कार्य जारी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता छोरा राजेन्द्रले भने आफुले बुवालाई आक्रमण गरेको नभई बुवालेनै हातपात गरेको जिकिर गरेका छन । उनी भन्छन बाबुले आबेशमा आई आफुमाथी आक्रमण गरेपछी धकेलाधकेल भएको र आफ्नो हातमा मुवाइल भएको हुँदा बाबुलाई मुवाइलले लागेको हो भनी दाबी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर