अन्धकारमा बाँचेका समाजमा विकासकाे मुल फुट्नुपर्छ
आफ्नाे देशकाे विकास गर्न जनता आफै जुट्नुपर्छ ।
एकतामा अडिग भई सधै अघि बढ्नुपर्छ
विकासकाे बीउ छरेर सगरमाथा चढ्नुपर्छ ।।
प्रकृतिकाे धनी देशमा पुर्वाधार हुनुपर्छ
यसका लागि युवापुस्ता हातेमालो लिनुपर्छ ।।
ठुलो लक्ष्य लिईकन पाइला अघि सारनुपर्छ
समाजका खराब सर्पलाई हामीले अब मार्नुपेर्छ ।।
आफ्नाे-आफ्नाे काम गरि आत्मनिरभर बन्नुपर्छ
विकासका कामसँग जनताहरू सधै लड्नुपर्छ ।।
भविष्यमा केही बन्छु भन्ने ठुलो उदेश्य राख्नुपर्छ
विकासका प्रत्येक बिउलाई एक-एक गरि चाख्नुपर्छ ।।
🖋️ लेखक -प्रियंका पन्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय