हुमाकान्त पाेखरेल
गुल्मी, १२ मंसिर । काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षले माग गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगर ले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेको हाे । शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको थापाकाे आराेप छ । पन्थी रामचन्द्र पाैडेल पक्षका उम्मेदवार हुन भने थापा शेरबहादुर देउवा पक्षका हुन् । स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खाेजे अाफुहरूले अवरुद्ध गर्ने समेत उनले चेतावनी दिए । निर्वाचन प्रक्रियामा कम्तीमा तीन दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भएपनि त्यसकाे ठिक विपरित पन्थीले मतपत्रमा संकेत गरेकाे थापाकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय