१३ मंसिर २०७८ गुल्मी : नेपाली काँग्रेस गुल्मीको जिल्ला सभापतिमा खिलध्वज पन्थी भारी मत सहित निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न निर्वाचनमा पन्थीले १ हजार २७१ मत प्राप्त गरी बिजयी भएका हुन् । पन्थीका प्रतिद्वन्द्वी बेदबहादुर थापाले ३८४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सतिशकुमार झाले जानकारी दिए ।
यस्तै उपसभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिबबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी बिजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी झबिन्द्र बिश्वकर्माले ५०८ मत प्राप्त गरेका थिए ।
सचिब पदमा जगदीश भट्टराई र भगतसिंह खडका विजयी भएका छन् । भट्टराइले ९९१ मत प्राप्त गरेका छन् भने खडकाले १ हजार २२ मत प्राप्त गरेका हुन् ।
उनीहरुका प्रतिद्वन्द्वी थम्मनबहादुर खत्रीले ४१५,पुर्ण केसीले ३४६ र पृथ्बी फौजदारले १८० मत प्राप्त गरेका थिए ।
यस्तै सह. सचिबमा छबि पाण्डे धर्मराज पाण्डे नर्वाचित भएका छन । धर्मराजले ८५० मत प्राप्त गरेका छन् भने छबीले १ हजार १३३ मत प्राप्त गरेका हुन् ।
उनीहरुका प्रतिद्वन्द्वी निरोज मरासिनीले ३६२ र रेशम कुँवरले ५८१ मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यहरुमा कृष्णप्रसाद पोखरेल,धिरेन्द्र केशी,पदमबहादुर बिष्ट ,लिलाधर आचार्य लोकप्रसाद खरेल बिजयी भएका छन् ।
कूल १ हजार ७९३प्रतिनिधि रहेकोमा १ हजार ६५५मत खसेको थियो ।
सभापतिको मतदानमा ३८ मत बदर भएको थियो ।
४२ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष सहित २० प्रतिशत मनोनित गर्ने बिधानमा ब्यबस्था रहेको निर्वाचन अधिकृत झाले जानकारी दिए ।
पन्थी पौडेल पक्ष हुन भने थापा देउवा पक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय