नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा १ लाख १२ हजार १८८ जना माओवादी केन्द्रका संगठित सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा नेता जगप्रसाद शर्माले प्रदेशमा पार्टी सदस्य र पार्टीका गतिविधिबारे जानकारी गराएका हुन् ।
त्यसक्रममा उनले  २६ वटा संघीय निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्र, १०९ वटा पालिका र ९८३ वडामा सम्मेलन सम्पन्न भएको पनि जानकारी दिए । उनले लुम्बिनी प्रदेश ऐतिहासिक, सांस्कृति मात्रै नभइ हिजोको विभिन्न आन्दोलनले पनि महत्वपुर्ण रहेको बताए । उनले लुम्बिनी कम्युनिस्ट आन्दोलनका लागि समेत उर्वर भुमि भनेर चिनिएको भन्दै नेकपा माओवादीको संगठन निर्माण व्यापक बनेको बताए ।  शर्माले पार्टी केन्द्रको निर्देशन अनुसार संगठन विस्तार गर्दै समाजवादका लागि भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय