७ फाल्गुन, खुल्लान्यूज
गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका स्थायी घर भएका एक नवबिवाहित दम्पतीले आफ्नो बिबाह खर्च घटाएर ५० हजारभन्दा धेरैको अक्षयकोष स्थापना गरेका छन ।
चन्द्रकोट गाउँपालिका वडा न.१ सराङगका नवराज खरेलले सोही स्थानको आफैले अध्ययन गरेको शारदा माध्यमिक बिधालयमा अक्षयकोष राखेका हुन ।

खरेल सोही बिधालयका पुर्व बिद्यार्थी हुन । अहिले उनी नवीन औधोगिक कदर बहादुर रीता माध्यमिक बिधालयका खेलकुद तथा स्काउट प्रशिक्षक छन। खरेलसङ्गै शुक्रबार बैवाहिक जीवन शुभारम्भ गरेकी रुरुक्षेत्र गाउँपालिका कि बिधा खड्का स्काउट बिपत ब्यवस्थापन आकस्मिक उदारकर्ता हुन । उनिहरुले आफ्नो बिवाहको अवसरमा खर्च कम गरि ५० हजार १ सय १ बराबरको अक्षकोष स्थापना गरेका छन। बिधालयमा खेलकुद र स्काउटमा मात्र खर्च गर्ने उद्देश्य लिएर कोष स्थापन गरिएको नव दम्पती ले बताए ।
खरेल आइ टि एफ तेक्वान्दो अन्तर्राष्ट्रिय प्रशिक्षक / अन्तर्राष्ट्रिय खेलाडी तथा खेल शिक्षक पनि हुन ।
२०६४ देखि खेलकुद क्षेत्रमा काम गर्दै आएका खरेल अहिले लुम्बिनी प्रदेश आइ टि एफ तेक्वान्दोका सचीव र डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन ।
पछिल्लो समय तेक्वान्दो बिश्व प्रतियोगिता दक्षिण पुर्बी युरोपको बुलगेरियामा सम्पन्न भयको खेलमा नेपालको तर्फबाट सहभागी पनि भयका थिए ।
स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद हो भन्दै उनी भन्छन खेलकुद क्षेत्र र शिक्षा क्षेत्रले देशलाई बिश्व सामु पुयाउन सहयोग गर्नेछ । त्यसैले हामिले आफुले माध्यमिक तहसम्म अध्ययन गरेको बिधालयबाट खेलाडीहरुको उत्पादन होस भनेर सानो कोष स्थापनाको प्रयास गरेको हो, उनले भने । साथै बुवा आमाले पनि मलाई सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा दिनु भएको छ । उहाँहरुको खुशीको लागि पनि हामिले सानो सामाजिक कार्य गरेका हौ, खरेलले भने ।
अक्षयकोष स्थापना कार्यक्रमसङ्गै नवबिवाहित खरेल दम्पतीले बिधालयको लागि १५०० थान सर्जिकल माक्स समेत हस्तान्तरण गरेका छ्न ।
सामाजमा निक्कै उदाहरणिय र सबैको लागि प्रेरणादायी काम गरेको भन्दै बिधालयले आफ्नो आधिकारिक सामाजिक सन्जाल फेसबुक पेज मार्फत खरेल दम्पतीलाई बिवाहको शुभकामना सहित कोष स्थापना गरेकोमा धन्यवाद दिएको छ ।
यस विद्यालयका पूर्व विद्यार्थी चन्द्रकोट -१ सराङ निवासी नवराज खरेल र बिद्या खड्का बिच बैवाहिक सम्वन्धको सुअवसरमा उहाँहरुको सुखद् तथा असल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछौं। आफ्नो बैवाहिक कार्यक्रम मितव्ययी र फजुल खर्च रहित बनाइ आफुले अध्ययन गरेको विद्यालयलाई १५०० थान मास्क र विद्यालयमा खेलकुद तथा स्काउट विकास गर्ने उद्देश्यले रु ५०१११/- बराबरको रकम अक्षय कोष स्थापना गर्नु भै उदाहरणीय कार्य गर्नुभएकोमा हार्दिक धन्यवाद सहित उहाँको दीगदीगान्त सुयश शान्ति समृद्धि को कामना गर्दछौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय