९ फाल्गुन,खुल्लान्यूज
बुटवल । सरकार ससद राजनीतिक दल र जनस्तरसम्म बिबादास्पद भएको एमसिसी MCC आईतवार ससदमा टेबुल भएको छ । ससदमै नलैजाने भनी अडान लिएका गठबन्धन भित्रका दलहरु केही लचिलो भएपछी सरकारले अमेरिकन परियोजना एमसिसी टेबुल गरेको हो ।
एमसिसीको सुरुदेखिनै बिरोध गर्दै आएको नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी सगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना बिरोधका कार्यक्रम झनै सशक्त गर्दै लैजाने बताएको छ । आईतबार राजधानीमा भएको बिरोध प्रदर्शनका क्रममा अनेरास्ववियू(क्रान्तिकारी) को केन्द्रिय अध्यक्ष पन्चा सिङ सहित बिद्यार्थी नेताहरु प्रहरीको हस्तक्षेपबाट घाइते भएका थिए । सोही सगठनका लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम खरेलले बिज्ञप्ति मार्फत घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रहरी हस्तक्षेपको बिरोध गरेका छन । अध्यक्ष खरेलले बिरोध कार्यक्रमलाई शैक्षिक सस्था स्थानिय तह जिल्ला सदरमुकाम र प्रदेशका मुख्य शहरहरुमा झनै सशक्त गराउन विद्यार्थी र नागरिकलाई अनुरोध समेत गरेका छन ।
उनले जनताका प्रतिनिधि सासदहरुलाई एमसिसीको बिपक्षीमा उभिई जनताप्रतिको जिम्मेवारी र उच्च नैतिकता प्रदर्शन गर्न एक बिज्ञप्ति मार्फत अपिल गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs