काठमाडौं, १८ फागुन
गृहमन्त्रालयले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रीस्तरिय निर्णयबाट भोलि बिहीबार सार्वजनिक बिदा दिने भएको मन्त्रालयले जनाएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मालम्बीहरुको एक प्रमुख चाड हो ।