१८ फाल्गुन,खुल्लान्यूज
गुल्मी । राष्ट्रिय राजनितीमा निकै हलचल मच्चाएको अमेरिकी आर्थिक प्रोजेक्ट एमसिसीले जनस्तरसम्मै बिचार बिभाजित गराइदियो ।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा पनि एमसिसीको बाछिटा पर्यो सत्ता साझेदार ठूलो पार्टी माओवादी केन्द्रमा । एमसिसी ससदबाट पारित भए लगत्तै आफ्नो जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे नेकपा(माओवादी केन्द्र) का नेता तथा वडा नम्बर ८ का पार्टी अध्यक्ष दधिराम सापकोटाले । उनले समाजिक सन्जाल फेसबुक मार्फत आफू पदमा नरहने घोषणा गरेका थिए ।
बुधबार सम्पन्न भएको वडा कार्यालयकाे विस्तारित वैठकमा अध्यक्ष सापकाेटाद्वारा MCC काे सन्दर्भ लगायत व्यवहारिक कारण पदवाट राजिनामा दिएता पनि पार्टी, आन्दाेलनमा निरन्तर लागिपर्ने स्पष्टिकरण सहित प्रतिवद्दता व्यक्त गरेको सोही पार्टिका प्रदेश सदस्य युवराज के सिले खुल्लान्यूजलाई बताएका छन । साथै उपाध्यक्ष वावुराम वाेहाेरालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिईएको के सिले बताए । बैठकमा पार्टिलाई एकताबद्ध बनाएर लैजाने साथै आगामी चुनाब आफ्नो पक्षमा रहेको नेता के सिले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs