१९ फाल्गुन, खुल्लान्यूज
राजधानी । नेकपा(माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले पार्टीमा सानो समस्या आउँदा तुरुन्तै पार्टी बिभाजन गरेर हल हुन्छ भन्ने कुरा गलत भएको बताएका छन ।
अमेरिकी आर्थिक परियोजना एमसिसीको बिपक्षीमा रहदै आएका न्यौपानेले बिहीवार सामाजिक सन्जाल फेसबुक मार्फत पार्टी बिभाजनमा जान नहुने कुरा उल्लेख गरेका छन । बिभाजन हुने हल्लाले झन पार्टी झन कमजोर हुने हुँदा सस्थागत रुपमै घनिभुत छलफल गर्नु पर्ने उनको भनाई छ ।
नेता न्यौपानेले यतिबेला सबै नेता-कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम् समस्याहरु आ-आफ्नाे कमिटीकाे बैठककाे आयाेजना गरेर तिखाे र जिवन्त बहस, छलफल र आलाेचनाद्वारा हल गर्ने काेषिस गर्न जरुरी छ । पार्टीभित्रका समस्याहरुकाे हल तुरुन्तातुरुन्तै अर्काे पार्टी बनाउने, पार्टी छाेड्ने, निस्कृय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन भनेका छन ।
उनको भनाई यस्तो छ ।
हाम्रा नेता-कार्यकर्ता साथीहरूमा अनुराेध
हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)भित्र धेरै समस्यहरु गुजुल्टिएर आएका छन् । संस्थागत छलफल र निर्णय नहुने प्रणालीले पार्टी सक्षात्मक हुनुकासाथै कार्यकर्ता निराश/निष्कृय हुने प्रकृया mcc प्रकरणसम्म आउँदा सतहमै देखिएकाे छ । यस्ताे बेला पार्टी विभाजन हुने हल्लाले थप अन्याेलकाे स्थिति बनेकाे छ । यतिबेला सबै नेता-कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम् समस्याहरु आ-आफ्नाे कमिटीकाे बैठककाे आयाेजना गरेर तिखाे र जिवन्त बहस, छलफल र आलाेचनाद्वारा हल गर्ने काेषिस गर्न जरुरी छ । पार्टीभित्रका समस्याहरुकाे हल तुरुन्तातुरुन्तै अर्काे पार्टी बनाउने, पार्टी छाेड्ने, निस्कृय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन । नेपाली वाम आन्दोलनमा यस्ताे चक्र धेरै चल्याे तर समस्याले हल दिन नसकेकाे तथ्य हामी धेरैले निर्माण गर्याै र गरिरहेका पनि छाैं । यसकाे अर्थ गलत चिजसँग आत्मसमर्पण गर्ने र त्यसैलाई वाम आन्दोलन भन्ने हाेइन कि संघर्षद्वारा उपलब्धिकाे रक्षा र नयाँ सम्भावनाहरुकाे खाेजी गर्ने तरिका स्थापित गर्ने पनि हाे । त्यसकारण साथीहरुलाई असन्तुष्ट र निराश भएर हाेइन, समस्य हल गर्ने उद्देश्यमा अझ सकृय बनाै । कमिटीगत निर्णयभन्दा बाहिरबाट हुने निर्णयहरुले पैदा गरेका कैयाैं समस्याहरु नैतिक धरातलमा टेकेकाे सामूहिक पहलले हल गर्न सक्छ भन्ने मान्यतालाई प्रयाेगमा उताराैं ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs