फाल्गुन,खुल्लान्यूज
नवराज खरेल, बुटवल । लुम्बिनी प्रदेश आइ.टि.एफ.तेक्वान्दो संघको आयोजनामा गिरिजाप्रसाद कोइराला र्राष्ट्रिय प्रोफेसनल आइ.टि.एफ. तेक्वान्दो प्रदेश छनौट प्रतियोगिता बुटवल उप-महानगरपालिका वडा नम्बर १८ सौराहामा सम्पन्न भयको छ ।
आइ.टि.एफ. तेक्वान्दो संघ रुपन्देही जिल्ला अध्यक्ष बिन्दु प्रसाद चौधरी सभापति रहेको कार्यक्रममा उदघाटन समारोहका प्रमुख अतिथी लुम्बिनी प्रदेस सरकारका बिज्ञान , युवा तथा खेलकुद मन्त्री माननीय बासुउदिन खा को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचीव जय प्रकास भट्टराई , बुटवल १८ का कार्यबाहक वडा अध्यक्ष सुमित्रा गाहा , आइ.टि. एफ. तेक्वान्दो महासङ्ग का केन्द्रिय सदस्य प्रेम कामु मगर , लुम्बिनी प्रदेश आइ.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष बिरेन्द्र जङ शाही , लुम्बिनी प्रदेश आइ.टि.एफ. तेक्वान्दो संघका बरिस्ठ उपाध्यक्ष तथा आजिवन सदस्य रितमान कामु मगर , अखिल नेपाल खेलकुद महासङका केन्द्रिय सदस्य तथा गुल्मी आइ. टि. एफ.तेक्वान्दो संघ गुल्मी जिल्ला अध्यक्ष भिम ज्ञवाली , लुम्बिनी प्रदेश संघ टेक्निकल प्रमुख कृष्ण थापा मगर , देविनगर प्रहरी बिटका प्रहरी नायव निरीक्षक बुद्धि राना , तेक्वान्दो संघ पुर्बी रुकुम अध्यक्ष बिजय पुन मगर , दाङ जिल्ला अध्यक्ष भिम बहादुर थापा , सिनियर अहेव अधिकृत धनलाल अर्याल , हेल्थ एसिस्टेन्ट बिनु सारु , सौराहा फिस भिलेजका सञ्चालक तिर्थ राज खनाल, रुपन्देही सचीव राजन रसाइली प्रदेश आइ टि एफ तेक्वान्दो डाटा संरक्षक श्याम बहादुर गाहा मगर रहेको कार्यक्रमको संचालन लुम्बिनी आइ.टि.एफ. तेक्वान्दो संघ सचीव नवराज खरेल ले गर्नु भयको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका माननीय खेलकुद मन्त्री बासुउदिन खा ले रास्ट्र निर्माणका लागि खेलकुद ले महत्त्वपूर्ण योगदान गर्ने , नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने एक मात्र माद्य्यम खेलकुद भयकोले यसको संरक्षण गर्नु पर्ने भन्दै प्रदेश सरकार ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयको थियो । नवनियुक्त प्रदेश खेलकुद परिषदका सदस्य सचीव जय प्रकाश भट्टराई ले परिषद नेपाल मै नमुना बनाउने साथै खेलकुद क्षेत्रमा खेलाडी तथा प्रशिक्षक को संरक्षक गर्ने बताउनु भयको थियो।
लुम्बिनी प्रदेश का १२ वटा जिल्ला बाट करिव ३६ पुरुष खेलाडी ३६ महिला खेलाडीको सहभागिता रहेको खेलमा ४५-५५ केजि समुहमा तेरिया सापकोटा रुपन्देही तेस्रो , गोमा थारु नवलपरासी दोस्रो र रोसनी थापा पाल्पा प्रथम तेसै गरि पुरुष तर्फ ५५-६३ केजि तौल समुहमा भुवन श्रेष्ठ गुल्मी तेस्रो , राहुल थापा रुपन्देही दोस्रो र बिरेन्द्र बुढा पाल्पा प्रथम भयका छ।प्रथम दोस्रो र तेस्रो हुने खेलाडीलाई चैत महिनाको ५ र ६ गते काठमाडौ मा हुने र्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन । उक्त प्रतियोगिताको राशी प्रथम हुनेले ५०० अमेरिकी डलर दोस्रो हुनेले ३०० अमेरिकी डलर र तेस्रो हुनेले २०० अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ
स्वागत मनतव्य अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य भिम ज्ञवाली ले गर्नु भयको कार्यक्रमको समापन समारोहका विशिष्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरिस ओलिले खेलकुद क्षेत्रको बिकास का लागि आफुले सक्दो सहयोग गर्ने खेलकुद क्षेत्रमा प्रशिक्षक नियुक्ति प्रक्रिया आगामी दिन मा अगाडि बढाउने गरि काम गर्ने बताउनु भयो । अब खेलकुद प्रशिक्षक हरुले आफुले प्राप्त गरेको सर्टिफिकेट बाकसमा राख्ने दिनको अन्त्य हुने कुरा बताउनु भयो । साथै खेलकुद क्षेत्रको बिकासका लागि बिधालय पहिलो प्राथमिकता दिने बताउनु भयो ।
उक्त कार्यक्रम को समापन सभापति बिन्दु प्रसाद चौधरी ले गर्नु भयको थियो ।