गुल्मी, फागुन २२ । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का नेता तथा लुम्विनी प्रदेशका पुर्वमन्त्री सुदशन वरालले नेकपा एमाले बैचारिक राजनैतिक दल नभई विचार र भिजन विहिन पार्टी भएको आरोप लगाएका छन् । ’आईतबार गृह जिल्ला गुल्मीको निर्वाचन क्षेत्र नम्वर २ को क प्रदेश समन्व्य समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बरालले नेकपा एमालेलाई त्यस्तो आरोप लगाएका हुन।
रेसुङ्गा नगरपालिकाका ६ वटा वडा , मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका मिलेर बनेको प्रदेश समन्व्य समिति स्तरिय कार्यर्ताहरुलाई इस्मा गाउँपलिका २ को छल्दीटारमा आयोजित उक्त कार्यक्रममा सम्वोधन गर्दै उनले भने–‘ नेकपा एमाले संग कुनै बैचारिक वहस र भिजन नै छैन भन्ने पछिल्लो पुष्टी एमसिसि प्रकणबाट पनि भई सकेको छ । ’
उनले एमाले र कांग्रेस मिलेर एमसिसि हुवहु पास गर्न थाले पछि आफुहरुले राष्ट्रिय सुरक्षमा असर गर्ने , नेपाली भुमी प्रयोग गरि छिमेकी मुलक संग सैन्य गतिविधी सञ्चालन गर्ने , नेपालको संविधान र कानुन भन्दा माथी लक्षित हुने लगायतका बुँदाहरु संशोधन गरेर मात्र एमसिसि पास गरौं भनने माओवादी केन्द्र कै अडानका कारण १२ वटा बुँदा राखेर एमसिसी पास गरिएको उनको भनाई थियो ।
उनले थपे –‘आफुलाई देशको ठुलो र जिम्मेवार पाटी हौं भन्ने एमालेका नेताहरुले एमसिसि जस्तो राष्ट्रियता संग जोडिएको गम्भीर बिषयमा समेत स्पष्ट धारणा नबनाउनु र पहिला अरु पार्टीले के भन्छ तब मात्र हामी बोल्छौं भन्नु र अरुको मुख ताकेर बस्नु भनेका एमाले भित्र बैचारिक वहस कुनै भिजन छैन भन्ने कुरा नेपाली जनताले बुझी सकेका छन् । ’
उनले नेकपा एमाले बैचारिक पार्टी नभई आमा समुह वा क्लव जस्तो झुण्डा भएको आरोप समेत लगाए । विगतमा एमाले र माओवादी मिलेर बनेका नेकपा फुट्नुमा एमाले भित्र बैचारिक वहस र भिजन नभए कै कारण भएको बताए ।
‘हामी भन्छौं सरकारी अस्पतालको स्तर बृद्धि गरौं र सबै बर्ग तहका जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराऔं । एमाले भन्छ पुँजीपतिहरुबाट अरवौं लगानी गर्न लगाएर निजी अस्पताल खोलौं । कोभिड पीडित एक जना ब्यक्ति अस्पतालबाट ८० लाख तिरेर निस्कीए उनले प्रति प्रश्न गर्दै भने –‘अब भन्नुस सबै जनता ८० लाख खर्च गर्न सक्ने हैसियतका छन् ? ’उनले सरकारी शैक्षिक संस्थामा गुणस्तरिय शिक्षा बनाउने तिर भन्दा नेकपा एमाले बोर्डिङ्ग खोल्ने मै उद्धत रहेको आरोप समेत लगाए ।
नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कार्यालयका सचिव तथा गुल्मी जिल्ला ईन्चार्ज समेत रहेका बरालले विगतको चुनावी पाठ सिकेर पाहड मानिएका राजनैतिक शक्तिहरुलाई ढलाईने दावी समेत गरे । उनले अहिले कै गठबन्धनका दलहरु संग आबश्यकता अनुसार चुनावी तालमेल गरिने ठोकुवा समेत गरे । कार्यक्रममा बिशेष अतिथी जिल्ला पार्टी अध्यक्ष बिरबहादुर कार्की, संघिय निर्वाचन क्षेत्र नम्वर २ का पार्टी संयोजक निमबहादुर पाण्डे लगायतले पनि प्रशिक्षण मन्तब्य राखेका थिए ।
भेलामा रेसुङ्गा नगरकमिटी उपाध्यक्ष सिता बिश्वकर्मा , इस्मा गाउँकमिटी अध्यक्ष बसन्त सुनार र मुसिकोट नगरकमिटी सचिव युवराज खरेलले संगठनको अवस्था बारे रिर्र्पोटिङ्ग गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रदेश १ का संयोजक खुमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माओवादी केन्द्र लुम्विनी प्रदेश कमिटी सदस्य रुपक श्रेष्ठले गरेका थिए । श्रेष्ट राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र बीच पार्टी एकता भए पछि माओवादी केन्द्रका नेता भएका हुन् ।