२०७८ फागुन २७
गुल्मीको मुसिकोटमा आर्थिक संकलन गरेर मालिका जागृती आमा समुहद्वारा शिवालय मन्दिर निर्माण गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नं. २ मुसिकोट पात्लाकोटमा आर्थिक सहयोग जुटाएर  शिवालय मन्दिरको निर्माण गरिएको शिवालय मन्दिर निर्माण आर्थिक समिति संयोजक गोकर्ण आचार्यले जानकारी दिए ।
साथै शुरुमा मालिका जागृति आमा समुहको सक्रियता र आमा समुहको २ लाख, ७० हजार सहयोग रकमले शिवालय मन्दिर निर्माण कार्यको शुरुवात गरि निर्माण गत फागुन १५ मा मन्दिरको निर्माण कार्य सम्पन्न गरिएको थियो ।
त्यस्तै गत २०७८ बैशाख ११ गतेदेखि मन्दिरको निर्माण शुरुवात गरि करिव ६ लाखको लागतमा मन्दिर निर्माण सम्पन्न गरि गत फागुन १७ गते महाशिवरात्रीको अवसरमा विधिवत रुपमा उद्घाटन गरि  दैनिक बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिदै आएकोसमुहकी सचिब गिता खत्रीले जानकारी दिईन ।
साथै मन्दिर निर्माणको लागि यस क्षेत्रका स्वदेश तथा विदेशमा रहनु भएका व्यक्तिहरुबाट करिव ८ लाख बरावर आर्थिक संकलन गरिएको छ । मुसिकोट नगरपालिका वडा नं. २ देउराली हाल अमेरिकामा बस्ने प्रताप के.सी. बाट सबैभन्दा धेरै रु १ लाख रुपैयाँ आर्थिक सहयोग भएको आर्थिक समिति संयोजक आचार्यले  जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय