प्रेम सुनार
गुल्मी , फागुन २७ । गुल्मीका सरोकारवाला संस्था र ब्यक्तिहरुले दलित महिलाहरुलाई मतदाता शिक्षा दिनु पर्ने कुरामा जोड दिएका छन् ।
शुक्रबार सदरमुकाम तम्घासमा दलित महिला संघ गुल्मीले आयोजना गरको मतदाता सचेना सम्वन्धि बैठकमा सहभागि सरोकारवालाले यस्तो कुरामा जोड दिएका हुन ।
बैठकमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले निर्वाचनमा विभिन्न प्रलोभनमा दलित समुदायलाई पार्ने गरिएको भन्दै यसतर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीकी उपसभापति राधा पन्थीले दलित मतदाता शिक्षा कार्यक्रमलाई दलित बस्तिमा पुर्याएर सचेतना वृद्धि गर्न सुझव दिईन ।

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले चुनाव निष्पक्ष बन्न नसकिरहेको विगतलाई स्मरण गर्दै आगमी निर्वाचनला्ई निष्पक्ष र प्रलोभन रहित बनाउन पनि मतदाता शिक्षा अनियवार्य रहेको धारणा राखेका थिए ।
त्यस्तै जिल्ला समन्वय समिति उपप्रमुख तुल्सा श्रेष्ठले दलित महिलाहरु मात्र नभई गैरदलित महिलाहरु पनि कतिपय अवस्थामा सही मतदाता शिक्षाबाट बञ्चित भइरहेको भन्दै सबैलाई समावेश गरेर मतदाता शिक्षा सञ्चालन गर्न सुझाएकी थिईन ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवरले यस्ता कार्यक्रमले बदर मत घटाउनका लागि सहयोग पुर्याउने बताईन । उनले मैले किन मत दिने भन्ने विषयमा नागरिकहरुलाई प्रशिक्षित गर्न जरुरी रहेको बताउँदै समावेशी लोकतन्त्रका लागि यसले महत्व राख्ने बताईन ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मतदाता शिक्षा कार्यक्रम सिमान्तकृत समुदायसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताय ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मतदाता शिक्षा कार्यक्रम दलित तथा सिमान्तकृत समुदायसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण रहेको भन्दै प्रशासनले आबश्यक आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
दलित महिला संघकी अध्यक्ष कमला बिश्वकर्माका अनुसार गुल्मीका १२ वटा स्थानीय तह मध्ये रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका , इस्मा गाउँपालिका र मालिका गाउँपालिका सहित ४ वटा स्थानीयतहमा मात्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

अध्यक्ष बरालले मतादाता शिक्षा अभियानको सन्दर्भमा दलित समुदायलाई केन्द्रीत गरि १० वटा नमुना मतदान स्थलमा मतदान गर्न सिकाइने समेत जानकारी दिईन । सडक नाटक मार्फत समेत प्रशिक्षित गरिने उनको भनाई छ ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला नेता घनबहादुर खड्का, माओवादी केन्द्रका नेता अशोक थापा र नेकपा एमालेका जिल्ला नेता गणेश श्रेष्ठले पनि निष्पक्ष रुपमा निर्वाचनका लागि राजनैतिक पार्टीहरु प्रतिवद्ध रहेको बताएका थिए ।
बैठकमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक माधवराज खरेल, गैर सरकारी संस्था गुल्मीका विष्णु भण्डारी लगायतको पनि सहभागिता थियो ।

दलित महिला संघ गुल्मीका अध्यक्ष बरालको अध्यक्षता रहेको बैठकको सञ्चालन त्यस संस्थाकी सदस्य विष्णु विश्वकर्माले गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय