चैत १,२०७८ रुपन्देहीः
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले २१ औँ शताब्दीको आधुनिक सहर निर्माणका लागि शहरी नीति आवश्यक भएको बताउनुभएको छ । आवधिक र अल्पकालीन भन्दा बैज्ञानिक र दीर्घकाली ढंगले शहरी क्षेत्रको विकास गरेमा मात्रै कम खर्चमा नै देशको सकारात्मक विकास हुने बताउनुभयो ।
संघीय शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी विकास नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी एक दिवशीय प्रादेशिक कार्यशालाको उद्घाटन गर्दै बुटवलमा उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख अतिथि मुख्यमन्त्रीले देशको शहरी नीति र ऐन निर्माणमा शहरी विकास मन्त्रालयले दिएको पहल कदमीका साथमा अगाडि बढेको बताउँदै त्यसलाई आम नागरिकले अनुभूति हुने गरी घना बस्ती विकासलाई पनि व्यस्थित गर्न सकिने गरी योजना निर्माण गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयोः“हामीले विभिन्न जाती, समुदायको घना बस्तीलाई व्यास्थित गर्नु पर्दछ, हाम्रो नेपालमा हिमाली, पहाडी र तराईको भूबनोटका साथ अगाडि बढाउनु पर्दछ । ”
मुख्यमन्त्री केसीले नेपालको विकास प्रणालीमा एक रुपता काम गर्दै शहरी क्षेत्रको विकास गर्दा सबैको सहकार्य र समन्वयनमा गर्नु पर्ने बताउँदै भूमी व्यवस्थापन सम्बन्धी नीति मागेको छ । विकासका लागि लागि जमिनको स्वामित्व सरकारको भएमा सहज हुने कुरा बताउँदै नीजि र सरकारी जमिनको विकासको मोडेल पनि फरक ढंगले गर्नुपर्ने बताउनुभयो ।
उहाँले विकास गर्दा पर्यावरणीय, भौगलिक बनोटलाई पनि ध्यानमा राखेर गर्नुपर्ने भएकाले गर्दा त्यसलाई आगामी दिनमा नीति निर्माण गर्दा प्राथमिकतामा अगाडि बढाउनको लागि लाग्नु आग्रह गर्नुभयो । उहाँले भन्नुभयोः–“उद्योग सञ्चालन गर्दा होस् वा स्थापना गर्दा हो त्यसका लागि आगामी दिनमा अझै सहज हुने निर्माण गर्नुहोस, कि त्यसले आगामी दिनमा विकासका नाममा विनास नहोस् । ”
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs