गुल्मी , चैत्र ४ । नेकपा माओवादी केन्द्र गुल्मीले शुक्रबार जिल्ला स्तरिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
विहिबार पार्टी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको प्रशिक्षण कार्यक्रममा सहभागि हुन आएको गुल्मीका नेता तथा कार्यकर्ताहरुले शुक्रबार बुटवल मै बिस्तारित बैठक राखेर गुल्मीका निवर्तमान जिल्ला पार्टी संयोजक बीरबहादुर कार्की (चाहल) को संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेका हुन् । कमिटीमा लुम्विनी प्रदेश कमिटी सदस्य, पालिका पार्टी प्रमुख, जनवर्गिय संगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष समेत रहने भएका छन् । त्यस्तै बैठकले बर्तमान जिल्ला पार्टी संयोजक बुद्धि जिसीको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै लुम्विनी प्रदेश कमिटीका सदस्य समेत रहेका निर्वतमान संयोजक कार्कीको संयोजकत्वमा वर्तमान संयोजक र अर्का नेता युवराज केही सहित ३ सदस्यीय अन्तरपार्टी चुुनावी गठबन्धन सम्वाद समित पनि गठन गरिएको बैठकमा सहभागि अनेरास्वीयू(क्रान्तिकारी ) का लुम्विनी प्रदेश कमिटी अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
उनका अनुसार सो पार्टीका लुम्विनी प्रदेश कमिटीका अध्यक्ष तथा गुल्मीबाट निर्वाचित प्रदेश सांसद एवंम पुर्वमन्त्री सुदर्शन बरालले प्रमुख अतिथीको हैसियतबाट प्रशिक्षण मन्तब्य दिदै माअ‍ेवादी केन्द्र एक्लै चुनाव लड्न सक्षम रहेको , आगमी निर्वाचनलाई ब्याटलका रुपमा लिएको बताएका थिए । उनले कुनै राजनैतिक दल संग गठबन्धन गर्न नजाने उनीहरु आए सम्वाद गर्न सकिने उनको भनाई थियो । माओवादी केन्द्र गुल्मीमा केन्द्रिय प्रतिनिधीका रुपमा वाईसियल नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा पुर्वमन्त्री गणेश पुुन खटिने नेता बरालले बैठकमा जानकारी गराएका थिए ।
गुल्मीको पार्टी सहईन्चार्ज तथा केन्द्रिय सदस्य सिर्जना तरामुले विगतका निवाचनहरुबाट पाठ सिकेर यसपाली युद्धस्तर मै माओवादी केन्द्र देशैभर चुनावी मैदानमा खटेकोले गुलमीका नेता कार्यकर्ताहरु पनि त्यही रुपमा खट्ने तयारी गर्न निर्देशन दिएकी थिईन्
बैठकले हालै लुम्विनी प्रदेश कमिटी अध्यक्ष भएका पुर्वमन्त्री बराल, गुल्मीको जिल्ला संयोजक भएका जिसी, अहिले सम्म गुल्मी जिल्ला पार्टीलाई कुशल नेतृत्व दिने काकी लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै बैैठकले चैत्र १५ गते भित्र गुल्मीका सबै पालिकामा पशिक्षण तथा पालिका स्तरिय निवाृचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय