हुमाकान्त पोखरेल
तम्घास, १७ चैत : गुल्मीमा २७ जना फरक क्षमता भएका विद्यार्थीहरुको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघ, गुल्मीको आयोजनामा उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये पाँच जनालाई चस्मा र एकजनालाई औषधी उपलब्ध गराउनुपर्ने भएको छ । नेत्र ज्योती संघ, गुल्मीले चस्मा र गुल्मी अस्पताले औषधी प्रदान गर्ने व्यवस्था मिलाइएको पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभयो । त्यस्तै केही विद्यार्थीलाई छाती, रुघाँखोकी, मुटु लगायतका समस्या देखिएको छ । ति मध्ये केही विद्यार्थीहरुको गुल्मी अस्पतलमा नै उपचार हुने र केहीलाई जिल्ला बाहिर पठाउनुपर्ने भएको छ । उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने विद्यार्थीहरुलाई पनि महासंघले समन्वय गर्ने अर्यालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले अपाङ्गता भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेकोमा महासंघलाई धन्यवाद् दिनुभयो । मेयर भुसालले पत्रकार राज्यको चौथो अङ्ग भएकोले समाजको प्रत्रकारप्रति ठुलो आशा रहेको बताउनुभयो । उपल्लो तम्घास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गणेश श्रीपालीले विद्यालयमै आएर पत्रकार महासंघले स्वास्थ्य परीक्षणको समन्वय गरेकोमा महासंघप्रति विद्यालय, विद्यार्थी र अभिभावक आभारी रहेको बताउनुभयो । कार्यक्रममा नेत्र ज्योती संघका सुर्य बस्नेत, विर बहादुर कार्की लगायतको पनि उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs