१८ चैत्र,खुल्लान्यूज
पालिका ब्यूरो । नेकपा(माओवादी केन्द्र) निकट चन्द्रकोट रुपन्देही सम्पर्क समन्वय समितिको अध्यक्षमा रामप्रसाद राना निर्बाचित भएका छन ।
शुक्रबार बुटवलको होटल सम्मानमा सम्पन्न भएको प्रथम सम्मेलनबाट चन्द्रकोट वडा नम्बर २ का राना सर्बसम्बत रुपमा निबाचित भएका हुन । उनी बिशुखर्क गाबिसका तत्कालिन गाबिस अध्यक्ष पनि हुन । रानाले आफू लामो समयमसम्म कम्युनिस्ट राजनितिमा सकृय रहेको र पहिले गाबिस उपाध्यक्ष र दोस्रो कार्यकाल अध्यक्षमा निर्बाचित भएर जनताको सेवा गरेको उनले बताए ।
सम्मेलनबाट उपाध्यक्षमा दिब्रुङ्गका शुनिल गौतम र ग्वाघाका प्रेम भुजेल सचिवमा हरेवाका हाेम गलामी
सह-सचिव तुराङका सन्दिप पन्थी र दिब्रुङ्गका मिलन सापकाेटा साथै काेषाध्यक्षमा बिशुखर्ककी राधिका पाैड्याल सहित ३१ सदस्यिय कार्य समिती सर्बसम्बत रुपमा निर्बाचित भएको पालिका सचिब गोकर्ण राज शर्माले बताएका छन ।
सम्मेलनमा प्रमुख अतिथी नेकपा(माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल त्यस्तै बिशिष्ठ अतिथीमा पार्टिका प्रदेश सदस्य युवराज के सि थिए । साथै बुटवल बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख तथा प्राध्यापक प्रकाश शार्माको विशेष उपस्थिती रहेको थियो ।
नेकपा(माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिका अध्यक्ष टंकबहादुर क्षेत्री(नवीन)को अध्यक्षता भएको कार्यक्रमको सन्चालन सचिब शर्माले गरेका थिए । कार्यक्रममा अनेरास्ववियू(क्रान्तिकारी) लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम खरेल, गुल्मी रुपन्देही सम्पर्क समन्वय समितिका ईन्चार्ज टेकराज रेग्मी अध्यक्ष माधव भण्डारी लगायतको उपस्तिथि रहेको थियो ।
माओवादी केन्द्रमा प्रबेशको लहर
चन्द्रकोटमा दैनिक जसो दर्जनौं सख्यामा अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुने गरेको नेता युवराज के सिले बताए । शुक्रबारबारको कार्यक्रममा पनि साझा युवा सगठन गुल्मी जिल्लाका सयोजक सन्दिप पन्थी उक्त पार्टी र सगठन परित्याग गर्दै माओबादी पार्टिमा समाहित भएको घोषणा गरेको के सिले बताए । यस अघि चन्द्रकोट १ दिब्रुङ्गबाट नेपाली काग्रेस वडा समितीका सह- सचिव गोकर्ण प्रसाद शर्मा, टोल समितीका सभापति रामप्रसाद सापकोटा सहित काग्रेसका स्थापित नेताहरु भुमिराज अर्याल, कमलप्रसाद अर्याल, स्थानिय महिला नेत्री गंगा सापकोटा, भुमा अर्याल लगायत सिङ्गो गाउँ नै माओवादी केन्द्रमा समाहित भएको सचिब गोकर्ण राज शर्माले बताए ।
त्यही वडाको वडा नम्बर ४ लामदासीमा डिलबहादुर पुन राधा अधिकारी गोमा अधिकारी लगायत दर्जनौं सख्यामा अन्य पार्टी माओवादी केन्द्रमा आमाहित भएको उनले बताएका छन । साथै चन्द्रकोटको शान्तिपुरबाट नेकपा एमालेका स्थापित नेता टेकबहादुर पुन सहित रेमिको सिङ्गो गाउँ नै माओबादी केन्द्रमा समाहित भएको शर्माले बताएका छन ।
पार्टिको प्रदेश सदस्य समेत रहेका नेता के सिलाई चन्द्रकोट गाउँपालिकाको पदाधिकारी बैठकबाट सर्बसम्मत रुपमा पालिका अध्यक्षको उमेदवार बनाउने निर्णय भै सकेको पालिका समिती अध्यक्ष टंकबहदुर के सिले बताएका छन । यसपालिको स्थानिय तहको चुनाबमा आफ्नो पार्टी एक्लै प्रतिस्पर्धामा गएपनी धेरैजसो वडा र नेतृत्व जित्ने सु निश्चित भएको क्षेत्रीले बताए ।
कार्यक्रममा प्रमुख अतिथी रहेका बरालले सम्पर्क समितिहरु केवल चुनाब केन्द्रीत गरेर नगरेको बताए । उनले पहाड र तराई अनि गाउँ र शहरको सामिप्ता बढाउन । गाउँ ठाउको विकास गर्न र साझा योजना निर्माण गर्न साथै समस्यामा परेका ब्याक्तीहरुलाई साथ दिनको लागि सम्पर्क समितीले निकै राम्रो काम गर्ने बताएका थिए । माओवादी पार्टीले नै देशलाई निकाश दिन सक्ने र परिबर्तनको मार्गचित्र सहितको पार्टी भएको हुनाले सबै देशभक्त नागरिकहरुलाई एकजुट भएर पार्टीलाई साथ दिन अग्रसर हुन आग्रह समेत गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs