खुल्ला न्युज सम्वादाता
गुल्मी, बैशाख १३ ।
…‘भोट केमा ? सुर्यमा..’ यस्तो नारा लगउने पालिका त्यही थियो । चुनावी जुलुस निकालिएको सडक पनि त्यही थियो , थुप्रै युवा त्यति नै मात्रामा बुढा पाका पुरुषहरु पनि तिनै थिए ।
जसले गत अघिल्लो स्थानीय तहको निर्वाचनमा त्यस्तो नारा लगाउँने मात्रै गर्दैनथे, एमालेलाई जिताउन जिउ–ज्यानकै बाजी लगाएका थिए । हिजोका तिनै एमालेका सयौं कार्यकर्ताहरु यसपालीको चुनावी जुलुसको अग्रपंक्तीमा यस्तो नारा लगाउँदै थिए–‘ भोट केमा ? रुखमा.. अनि भोट केमा ? हँसिया हतौडामा… भोट केमा ? कलममा ? भोट केमा ? गिलासमा .. भोट ? भोट केमा ? छातामा…..’ जुन नाराहरु घन्काईएको थियो सोमबार मुसिकोट नगरपालिकमा गठबन्धन दलले उमेदवार मनोनयन गर्न जाने जुलुसमा ।
त्यस्तो नारा लगाउनेहरु मध्ये केहि हिजो एमालेबाट विजयी वडाध्यक्ष र कार्यपालिका सदस्य समेत थिए भने गएको चुनावमा मुसिकोटका मेयर सोमनाथ सापकोटालाई काँधमा बोकेर विजयत्सव मनाउने श्रीराम महत जस्ता युवा कार्यकर्ताहरु थिए । उमेर ६० को हाराहारीमा पुगेका त्यस पालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसी भन्दै थिए–‘ हामी ब्यक्तिको स्वार्थ खोज्न एमाले परित्याग गरेका होईनौं । ता कि एमालेले संविधान र अहिलेको परिवर्तन खोस्न खोजे पछि त्यसको रक्षा गर्न एमाले छाडेर एकिकृत समाजवादी रोजेका हौं ।’ उनले एमालेमा राजनैतिक संस्कार नभए पछि उसलाई संस्कार सिकाउनै पर्ने बताउँदै थिए ।

मुसिकोट नगरपालिकाकै कार्यपालिका सदस्य तथा सामाजिक विकास समितका संयोजक हरिप्रसाद छन्त्याल भन्दै थिए–‘ केपी ओलीको प्रतिगामी कदम र हरेक कुरामा अहकार भएका कारण आफु जस्ता हजारौं कार्यकर्ताहरुले एमाले छाडेर एकिकृत समाजवादीमा लागेका हौं । ’
गत निर्वाचनमा एमाले नेता सोपनाथ सापकोटा सहित अधिकांस वडा जिताउन अग्रपंक्तिमा खटेक उनै युवा नेता श्रीराम महत पनि एमाले छाडेर एकिकृत समाजवादीमा लागेका छन् । उनी यसपालीको निर्वाचनमा गठबन्धनबाट उप मेयरका साझा उमेवार रहेका छन् ।
त्यस्तै कांग्रेसबाट पाका र जनप्रतिनिधीको लामो अनुभाव संगालेका काँग्रेस नेता हरिनारायण सापकोटा मेयरका उमेदवार छन् । यसर्थ युवाको उर्जा र पाका अनुभवीको फ्युजनले मुसिकोट नगरपालिको विकास र जनताको समृद्धि हुने गठबन्धन दलका नेताहरुको कोणसभामा भनाई थियो ।

वामीटक्सार बजारबाट निस्केको जुलुस त्यहाँनिर गएर बढि चर्कियो । अझ भनौं हिजो एउटा वडा बाहेक सबै वडा र मेयर , उप मेयर समेत जिताएर पठाईएको मुसिकोट नगरपालिकाको कार्यालयमा पुगेर एमाले छाडेर समाजवादीमा लागेका उनै कार्यकर्ताहरुले बढि चर्काए । एमाले बिरुद्धको ती चर्का नाराहरु हिजो एमालेमा छँदा एक पक्षले अर्को पक्षलाई निर्ममढगबाट पेलानको ज्वाराभाट थियो भनेर बुझ्न सकिन्थ्यो ।
नेता कर्णध्वज जिसी भन्दै थिए–‘ एमालेमा छँदा सहनु परेको पेलानको यहाँ के कुरा गरौं, आत्माहत्या गरुँ जस्तो पारेका थिए । त्यो अवस्थामा एक कल फोन समेत गरेनन् । तर अहिले ल एमाले मै फर्किनु पर्यो भनेर फोन गर्दै रातीमा समेत सुत्न दिन्न । अहिले त चाँहीदा रै छौं त हामी आखिर….।’
हिजो सम्म नेकपा एमालेको निकै ठुलो बाहुल्य रहेको साबिक बडागाउँ गाविस , हालको वडा नम्वर ३ र ४ बाट अहिले ठुलो संख्यामा एमाले कार्यकर्ताहरु एकिकृत समाजवादीमा प्रबेश गरेका छन् ।
यता साविक मुसिकोट गाविस र हालको वडा नम्वर २ मा एमालेको नेतृत्व सहित सिंङ्गो कमिटी नै एकिकृत समाजबादीमा प्रबेश गरेको छ ।
एकिकृत समाजवादीले हिजोको एमाले अकार लिई सकेको एकिकृत समाजवादी गुल्मी जिल्ला संगठनका जन्मदाता समेत रहेका उप मेयरका उमेदवार श्रीराम महतको उद्घोष थियो ।
संघियता पछि स्थानीय तहका दुई निवाचनमा एमाले बृत्तमा देखिएका त्यस्ता फरक दृश्यहरु निम्ताउन जिम्मेवारी नेतृत्वले लिएर अगाडी बढन सके आगमी निर्वाचनमा थप त्यस्ता निकै फरक दृश्यहरु देख्न सकिने छैन कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय