गुल्मी, चैत्र १८
गुल्मीको मुसिकोट नगरपालिक-३ को जलुके गाउवासीले देशमा चुनाव सुरु भए देखि विभिन्न पार्टिका विभिन्न ब्यक्तिलाइ भोट दिएर जिताए । तर आफुहरुले भने कहिल्लै वडाको नेतृत्व पाउन सकेनन् ।
तर इतिहास मै पहिलो पटक यसपाली त्यस गाउँले वडाध्यक्षको उम्मेदवार हुने अवसर पाएको छ । गठबन्धनबाट त्यस वडाका वडाध्यक्षका साझा उम्मेदवार माओबादि केन्द्रका युवा नेता दुर्गा खड्कालाई उठए पछि जलुकी गाउँमा पहिलो पटक वडाध्यक्षको उम्मेदवार हुने अवसर पाएको हो ।
त्यस वडाका निबर्तमान वडाध्यक्ष तथा छिमेकि पेगा निवासी कर्णध्वज भन्छ्न साबिक बडागाउ गाबिसको ६ नम्बर वडा हो जलुके गाउँ । जहाँ बाट पन्चायतकाल एक जना रामबहादुर खड्का वडा सदस्य सम्म हुनु भएको तर वडाध्यक्षको उम्मेदवार हुने दुर्गा खडका पहिलो ब्यक्ति हो ।
जलुके र धरमपानी गरि करिव ८० घरधुरी रहेको र जलुकेमा खड्क क्षेत्री मात्रै २७ गरधुरी रहेका छ्न ।
उनिहरु बिशुद्ध किसान मात्र रहे तर जनयुद्ध पछी जलुके गाउँमा माओबदिले नेतृत्व बिकास गर्यो ।
फलत दुर्गा खड्का नेतृत्वमा आए । हाल उनी त्यस वडा कमिटीका अध्यक्ष छ्न ।
३५ बर्षिय उनी ६५ वर्षिय एमाले नेता शंकर रायमाझी सङ्ग चुनावी मैदानमा भिड्दै छ्न । रायमाझी भारतिय सेनाका भुपु सैनिक हुन ।
उनी बिगतमा माओबादी कार्यकर्ता थिए । गत स्थानिय तहको निर्बाचनमा वडा सदस्य पाउने भए पछि एमालेमा गएका थिए ।
त्यस्तै गत स्थानिय तहको निर्बाचनमा तत्कालिन एमाले नेता कर्णध्वज जिसिले काङ्ग्रेस नेता झबिलाल भन्डारी सङ्ग जम्मा दुई मतको अन्तरले जितेका थिए ।
तर अहिले जिसि एकीकृत समाजबादिमा समाहित भए पछि एमालेलाइ ठूलो धक्का लागेको छ । त्यस माथी त्यति बेला तेस्रो शक्ति बनेको माओबादी केन्द्र सहितको पाँच दलिय गठबन्धन एकातिर भए पछि खडकालाई चुनाव जित्न सहज भएको गठबन्धन दलको आकलन छ ।




