वैशाख २१,२०७९ गुल्मी
चन्द्रकोट गाउँपालिकामा गठबन्धनले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले प्रतिवद्धता सार्वजनिक गरेको हो । गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतामा शिक्षा ,स्वास्थ्य,रोजगारी ,वनपैदावार, खेलकुद, पर्यटन, खानेपानी, कृषि र सिंचाई,सडक तथा यातायात लगायत अन्य क्षेत्रहरुमा विभाजन गरी चन्द्रकोटमा बिकासको मूल फुटाउने प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

गठबन्धनको अभिभारा, एक घर एक धारा
गठबन्धनले चन्द्रकोटका नागारिकहरको घरमा एक घर एक धारालाई पूरा गर्ने गरी प्राथमिकताका साथ राखेको छ । यहाका स्थानीयहरुलाई स्वच्छ पिउने पानीको ब्यबस्था गर्नु आफूहरुको प्राथमिकता रहेको जनाएको छ ।

श्रमको मूल्य ,बजारको ब्यबस्था, हामी बदल्छौ ,किसानको अबस्था
चन्द्रकोटका किसानहरुलाई उत्पादनमा आधारित अनुदानको ब्यबस्था गरी उनीहरुले उत्पादन गरेको कृषि उपजहरुलाई बजारीकरणको ग्यारेन्टी गाउँपालिकाले लिने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
कृषिमा आधुनिककिरण ल्याई कृषि वीमालाई प्रभाबकारी बनाउने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

सम्पर्कको बलियो आधार,अवरोध वीनाको सडक
गउँपालिका भित्रका सडकहरुलाई स्तरोन्नती गरी गरी कालोपत्रे तथा ग्राभेल गर्ने प्रतिबद्धतामा उल्लेख गरीएको छ । गाउँगाउँका सडकहरु बाह्रै महिना वीना अबरोध चल्न सक्ने गरी प्रबन्ध मिलाइने उल्लेख गरीएको छ ।
यस्तै बिपदसंग जुध्नका लागी पूर्व तयारी अबस्थामा रहने र त्यसका लागी उचित प्रबन्ध मिलाइने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरीएको छ । गाउँपालिकाले बिपदसंग जुध्नका लागी दमकलको ब्यबस्था गर्ने गरी योजना सार्वजनिक गरेको छ।

प्रतिबद्धता अक्षरसह पालना गरिने
प्रतिबद्धता सार्वजनिक पश्चात गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार युवराज केशील प्रतिबद्धतालाई अक्षरसह पालना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गाउँपालिकाको बिकासका लागि आफू र गठबन्धनले गाउँपालिकामा बिकासको मुल फुटाउने गरी लाग्ने बताउनुभयो ।
उहाँले बोल्ने भन्दा पनि काम गरेरै देखाउने गरी लाग्ने दाबी गर्नुभयो । युवाहरुलाई स्वदेशमानै टिकाइ राख्नका लागि ब्यबसायीक रुपमा कृषि र पशुपालनलाई जोड दिइ आर्थिक समृद्धि गर्न सकिने उहाँको तर्क छ ।


हेरौं के छ त प्रतिबद्धता पत्रमा जस्ताको तस्तै 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय