खुल्ला न्यूज
नवनिर्वाचित रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पदबहालीको पहिलो दिन गाउँपालिकाभर सम्पुर्ण घरधुरीको न्युनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेका छन ।
झण्डै ३५ वर्षको एमाले विरासतलाई ढालेर गुल्मीको रुरु गाँउपालिका अध्यक्ष बनेका यदु ज्ञवालीले पद बहाल गरेकै दिनमा लोकप्रिय निर्णय गरेका हुन । शुक्रबार पद तथा गोपनियताको सपथ खाएर पदबहाली गरे लगत्तै ज्ञवालीले यस्तो निर्णय गरेका हुन् ।
पहिलो निर्णय गरे लगत्तै ज्ञवालीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिएको जनाए। उनले जनताले दिएको अमुल्य भोटलाई सदुपयोग गर्दै जनमुखी काममा निरन्तर लाग्ने समेत बताए ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ज्ञवाली संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।