खुल्ला न्यूज
७ जेठ २०७९
नवनिर्वाचित चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले पदबहालीको पहिलो दिन गाउँपालिकाभरका बिपन्न बर्गका नागरीकको ५०% छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था तथा प्रसुती गृहमा प्रशुती हुन नसकी अन्यत्र स्वास्थ संस्था वा अस्पतालमा जान परेमा तत्कालै एम्बुलेन्स वा यातायातको साधन पालिकाले नि:शुल्क उपलब्ध गराउने निर्णय गरेका छन ।
गुल्मीको चन्द्रकोट गाँउपालिका अध्यक्ष बनेका खत्रीले पद बहाल गरेकै दिनमा लोकप्रिय निर्णय गरेका हुन । शुक्रबार पद तथा गोपनियताको सपथ खाएर पदबहाली गरे लगत्तै खत्रीले यस्तो निर्णय गरेका हुन् ।
पहिलो निर्णय गरे लगत्तै खत्रीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिएको जनाए। उनले जनताले दिएको अमुल्य भोटलाई सदुपयोग गर्दै जनमुखी काममा निरन्तर लाग्ने समेत बताए ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका खत्रीसंयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।