प्रकाश चालिसे,गुल्मी
पालिका ब्यूरो । गुल्मीको चन्द्रकोट गाउँपालिकामा एक वडा अध्यक्षले वर्षमा एक महिलाको आफ्नो पारिश्रमिक सामाजिक सेवामा खर्च गर्ने बताएका छन ।
सोमबार वडामा भएको पद वाहाली कार्यक्रममा चन्द्रकोट गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष घनश्याम खरेलले सहभागीहरुसङ्ग त्यस्तो उदघोष गरेका हुन । खरेलले आफुले प्राप्त गर्ने सुबिधाबाट आफ्नो वडामा भएका बिपन्न परिवारका बालबालिकाहरुलाई बिधालय भर्ना गरिदिने साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने बताएका छन ।
अध्यक्ष खरेलले वडावासीहरुसङ सङसङ्गै रहेर सेवा प्रभाह गर्ने बताए । आफ्नो सबैभन्दा महत्त्वपूर्ण कार्य भनेकै वडावासीको समृद्धि र खुशी हो उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय