खुल्ला न्यूज,
२०७९ जेठ २० गुल्मी
सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई रु पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

सन नेपाल लाईफ ईन्स्योरेन्सका विमित नाबालक श्री रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको एलडि एलकेलीक हेपाटिसको कारणबाट मृत्यु भएको हुँदा हुँदा निज प्रस्तावकको मृत्यु दाबीको मासिक आय सुविधा बापतको रकम रु ७०००० र किरिया खर्च वापतको रकम रु २५००० गरी जम्मा रु ९५००० रुपैयाँ निज विमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

यस पश्चात मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम विमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने विमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ ।

निजले सन नेपाल लाईफ गुल्मी शाखामा चार वर्ष अघि रु एक लाख विमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो ।

सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ साल मा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरु देखि नै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

निवर्तमान वडा सदस्य तथा विमितका संरक्षक भविश्वर गौतमले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै कम्पनीबाट प्राप्त हुने रकमले आफ्नो नातीको पढाईलाई सहयोग पुग्ने र साँच्चै दुःख पर्दा सन नेपाल लाईफ काम लागेको कुरा बताएका छन् ।

सबैले आफ्नो आर्थिक योजना बनाउँदा जीवन बीमालाई छुटाउन नहुने र जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुने हुनाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले दिएका छन् ।
कार्यक्रममा सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत, गुल्मी शाखाका कर्मचारी, अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय